राजा ज्ञानेन्द्रको उपस्थितिमा देश बचाउनु पर्छ : दीर्घराज प्रसाईं

राजा ज्ञानेन्द्र जस्तो धैर्यवान व्यक्तित्व मैले देखेको छैन ।२०७६ सालको बडादशैंमा निर्मल निवासमा राजा ज्ञानेन्द्रको हातबाट टीका थाप्न निर्मल निवासमा सर्वसाधारणको भिड लागेको थियो।

एमाले+माओवादी, कांग्रेस देश विखण्डन गराउन जनतालाई दिग्भ्रमित बनाउन खोजिरहेका छन् ! केपी ओली प्रधानमंत्री भएपछि इसाईका समर्थक माओवादीसँग हात मिलाएर माओवादीसँग बिलय हुन पुगेकाले ओलीको राष्ट्रियता रछयानमा पुगेको छ !

एकपटक रुसका शक्तिशाली राष्ट्रपति स्टालिनले आफ्नो सहायक खु्रस्चोबलाई छेउमा राखेर हजारौं मानिसहरुको उपस्थितिमा कडा भाषण गरिरहेका थिए । त्यो भाषणमा जनताको ठूलो उपस्थिति थियो । यसरी जनताको आकर्षक र समर्थन देखेर खु्रस्चोबले भनेछन्– ‘तपाईसँग जनताको कति ठूलो समर्थन छ, हेर्नुहोस्–जनताको कत्रो भीड ? तपाईलाई रुसका जनताको ठूलो समर्थन छ, यी जनताले कति मायाँ गर्दा हुन्’ भनेर स्टालिनलाई भन्दा स्टालिनले तुरुन्तै जवाफ दिएछन्– ‘जनताको के विश्वास हुन्छ ? भोलि मलाई झुण्ड्याउने भन्ने कुरा भयो भने यिनै जनताको यो भन्दा चौखण्ड ठूलो भीड लाग्छ’ । वास्तवमा अहिले नेपालमा कांग्रेस, एमाले, माओवादी नेताहरु पनि जनता हाम्रो पक्षमा छन् भनेर नाक फुलाएर बसेका छन् । भोलि यिनै पार्टीका नेताहरुलाई पाता कसेर जेलमा कोच्न लाने निणर्य भयो भने यिनै जनताको अपार भीड लाग्छ ।

राजा ज्ञानेन्द्रको राज्यरोहणमा सजिएर दाम चढाएर अभिवादन गर्ने, प्रधानमन्त्री बन्न आमाको क्रिया नगर्ने, प्रधानमन्त्री बन्न राजदरबारको ढोकामा राजा ज्ञानेन्द्र समक्ष निवेदन हाल्ने ती गद्दार माधव नेपाल राजाले प्रधानमन्त्री बनाएनन् भन्ने रिसले अहिले कट्टर गणतन्त्रवादी बनेका छन् । प्रचण्डको राजीनामापछि दुबै निर्वाचनक्षेत्रबाट चुनाउ हारेका पदलोलुप एमालेका माधव नेपाल भारतीय चासोमा प्रधानमन्त्री बने । उनी एक पङ्गु, घोर ओसरवादी पदलोलुप्त व्यक्ति हुन् । यस्ता गद्दार पनि नेपालको राजनीतिमा अझै एमालेको हर्ताकर्ता बनेका छन् । उनी प्रधानमन्त्री भएपछि भारतीयहरुले खुसियाली मनाए । यिनले मान्छेलाई चारचौरास सरकारी स्तरमा नियुक्त गरे । उनी एमाले पार्टीको एक लाचार छायाँ बन्न पुगे । उनी असंवैधानिक तरिकाले राष्ट्रका ठूल्ठूला निर्णय गर्न पछि नपर्ने एक गद्दार हुन् ।

२०६४ भदौदेखि माओवादीका नेता प्रचण्ड प्रधानमन्त्री बने । तर प्रारम्भदेखि नैं विवादको आहालमा परेर आफ्ना महत्वाकांक्षी अपरिपक्वताका कारणले माओवादी नेता प्रचण्डले राजीनामा गरेर भागे । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएपछि सुशील कोइराला, खड्ग ओली र प्रचण्डहरु भागवण्डाबाटै प्रधानमंत्री बने । यसरी भागवण्डाको आधारमा कांग्रेस, एमाले, माओवादी सत्तामा आएता पनि उनीहरुले नेपालका आधार स्तम्भहरु भत्काउँदै देश बिगार्ने बाहेक अरु केही पनि राम्रो काम गरेका छैनन् ।

राजा ज्ञानेन्द्र जस्तो धैर्यवान व्यक्तित्व मैले देखेको छैन । उनले यी सबै देशद्रोही भ्रष्टहरुलाई जाकेर राजकाज चलाउन पनि सक्थे । तर उनले रक्तपातको बाटो रोजेनन् । धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताबाट नेपाल बाँच्न सक्तैन । यी विदेशीहरुले बोकाएका बुँदा हुन् । माओवादी, कांग्रेस, एमाले पार्टीका नेताहरुले धर्मनिरपेक्षको नाममा नेपाललाई इसाईकरण गर्ने, गणतन्त्रको नाममा देशलाई संरक्षणविहीन बनाएर एकीकृत नेपाललाई संघीयताको रोग लाधेर देश विखण्डन गराउन २०७२ सालको संविधानको रट लगाएर जनतालाई दिग्भ्रमित बनाउन खोजिरहेका छन् ।

प्रचण्ड एक उदण्ड व्यक्तिको रुपमा नेपाली समाजमा चिनिएर वदनाम छन् । २०५२ साल अघि आर्थिक रुपमा कम्जोर व्यक्ति २०५२ सालपछि देशभित्र आतंक मच्चाई लुटेको स्रोतबाट प्रचण्ड खर्बपति भएका छन् । स्वदेश विदेशमा प्रचण्डले अबौं रकम जम्मा गरेका र स्वदेश विदेशका अनेकौं ठाउँमा महलहरुका मालीक बनेका छन् भनिन्छ । त्यस्तै शेरबहादुर देउवा २०४७ सालभन्दा अगाडिका एक गरीब व्यक्ति आज खर्बपति बनेका छन् । नेपालमा अहिले एक नम्वरको धनीमा प्रचण्ड, दोस्रो धनीमा हिसिला यमी र सुजाता जोष्टलाई तेस्रो धनी भनिन्छ ।

माधव नेपाल. झलनाथ खनाल प्रधानमन्त्री बने । नेपालको अधोगति गराउनमा उनीहरु लुच्चो पात्र हुन् । भारतीय गुप्तचर संस्थाका पूर्व नेपाल प्रमुख आलोक जोशीको रोहवरमा ४ बुँदे सहमति गराएर माओवादी नेता प्रचण्डलाई हस्ताक्षर गर्न लगाएर २०६८ भदौ १२ मा बाबुराम भट्टराई भारतको चहानामा प्रधानमंत्री बने । २०४७ सालपछि बनेका प्रधानमंत्रीहरुमा बाबुराम भट्टराईले आफूलाई खतरनाक देशद्रोहीको रुपमा चिनाए । यिनले नेपालको राष्ट्रिय पोसाक हटाए, राजा त्रिभूवनको शालीक हटाउने निणर्य गरे । धर्मनिरपेक्षको आडमा नेपालका गाउँहरुमा इसाईकरण गर्न गरिबी निवारण कोष जस्ता हरेक कार्यक्रम मार्फत ब्रम्हलुट मच्चाए । अर्बौं राजश्वको दुरुपयोग गरे । राज्यका हरक्षेत्रमा आफ्नी श्रीमतीलाई अघि सारेर ब्रम्हलुट मच्चाउन लगाए ।

बाबुराम भट्टराई, को र कहाँबाट परिचालीत रहेछन् भन्ने कुरा आफै स्पष्ट पारे । बाबुराम भट्टराईले नेपालको माओवादी पार्टीलाई भारतको प्रभावमा जन्मे हुर्कैको शक्तिको रुपमा चिनाए । यस्ता विखण्डनकारीहरुलाई ठिङ्ग्रामा हालेर कारवाही गर्न सकिएन भने नेपालको अस्तित्व रहन सक्तैन । राजासँग सहकार्य गरेर २०६३ सालको जनआन्दोलन रोकिएपछि त्यही राजसंस्थालाई बिस्थापित गर्ने यो कस्तो अपराध?

२०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमतिदेखि आफ्नो धरातल र हैसियत बुझ्न नसक्ने तीन पार्टीका नेताका कारणले नेपाल-आमा अपहरणमा परेकी छन् । एमाले+माओवादी, नेपाली कांग्रेसका नेताहरुले कांग्रेस (आई) की सोनीयाँ गान्धी र यूरोपका इसाई राष्ट्रहरुको अबौं रकम खाएर इसाईकरण गर्ने हेतु लिएर राष्ट्र टुक्रयाउने कुकर्ममा लागे। नेपालका राष्टवादीहरुले केपी ओलीलाई राष्ट्रवादी ठानेर अध्यधीक मतले जितायौं!त्यसको परिणाम धोका भएकोछ।केपी ओली प्रधानमंत्री माओवादीसँग टाँसिन पुगेर उनी झिँगाको बथानमा पूुगेकाछन्। आफैले आतंककारी भनेका माओवादीसँग मिलेकाले ओलीको राष्ट्रियता रछयानमा पुगेकोछ । केपी ओली राष्ट्रघातको कलंकमा बिटुलिन पुगे।

बालकृष्ण समको एउटा कवितामा उल्लेख छ ‘अमानुषी व्यवहार पनि मानिसकै हो अर्को राक्षस वा देवता छैन’ भने राक्षस भनेको त राक्षसी व्यवहार हो । रामणको कुत्सित व्यवहारलाई राक्षस भनिएको हो । पार्टीगत रंगले पनि नेपालको सांस्कृतिक मान्यता र परम्परालाई दुषित पार्न खोज्नु राष्ट्रघाती कार्य हो । अव माओवादी, एमाले, कांग्रेसले धर्मनिरपेक्षतालाई पार्टीका घोषण पत्रहरुसँग दाँजेर नेपाली पहिचान समाप्न पार्नखोज्ने धृष्टता कहिले नगरुन् ।

केपी ओली दोस्रो पटक प्रधानमंत्री भएपछि यत्ति हौसेकि उनको अहंकारको सीमा नैं रहेन । नेपाललाई कसरी उठ्न नसक्ने गरी आक्रमण गर्ने सोच लिन थालेका छन्। सँगत भनेको कस्तो हुन्छ भने मौरीको संगतमा गएमा फूलको बासना र महको भण्डारमा पुगिन्छ, झिँगाको बाटोमा लागियो भने फोहरको डड्गुर र रछयानमा पुगिन्छ, । केपी ओली प्रधानमंत्री भएपछि इसाईका समर्थक माओवादीसँग हात मिलाएर माओवादीसँग बिलय हुन पुगेकाले ओलीको राष्ट्रियता रछयानमा पुगेको छ ।

नेपाललाई हिन्दुअधिराज्यको रूपमा यथावत कायम गरेको भए सुरक्षाको डरले के भारतीय जनता पार्टी मोदी सरकारले यसरी नेपाललाई धम्क्याउन सक्थ्यो ? कांग्रेस, एमाले, माओवादीका नेताहरु राष्ट्रघातको कलंकबाट चोखिने छैनन् । देशको अधोगति गराउनेहरु कुनैबेला जनताको कठघरामा निश्चय पनि पर्नेछन् ।नेपाल र भारत दुबै देशको हितको लागि भारतीय जनता पार्टी मोदी सरकारको नेपालमा हिन्दुअधिराज्य र संवैधानिक राजसंस्थाको निरन्तरताकोअडान हुनुपर्छ । देशलाई निकास दिनको नेपालमा राजसंस्था सहित हिन्दुअधिराज्यको अवधारणामा टेकेर राजा ज्ञानेन्द्रको उपस्थितिमा देश बचाउनुपर्छ ।

Facebook Comments

                     

अरुपनि