आफ्नै आमालाई बलात्कारको प्रयास गर्ने युवक पक्राउ

आमा माथि बलात्कारको प्रयास गर्ने एक युवालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका–१ बादी टोलका कमल बादी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । उनले शुक्रबार साँझ खाना खाएर सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

आमा कराएपछी छिमेकीले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका बादीलाई जिल्ला चलान गर्ने तयारी गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी निरीक्षक हरिशरण भट्टले बताए ।

भारतमा मजदुरी गर्दै आएका कमल दसैं मनाउन घर फर्किएका थिए ।

Facebook Comments

                     

अरुपनि