नेपाल टेलिकमले दिनथाल्यो रिचार्ज बराबरकै बोनस

काठमाडौं/फागुन१२

सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाको रिचार्जमा शत प्रतिशत बोनस दिन सुरु गरेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार कम्पनीले आफ्ना सेवाग्राहीलाई बोनस दिन सुरु गरेको हो ।

 

 

टेलिकमका अनुसार प्रयोगकर्ताले १० रुपैयाँमाथिको रिचार्जमा रिचार्ज रकम बराबरकै बोनस सेवा दिन थालिएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न उपभोक्ताहरु आआफ्नो घरमा बस्न थालेपछि राहतको रुपमा बोनस दिन नियामकले दूरसञ्चार सेवाप्रदायकलाई मंगलबार निर्देशन दिएको थियो ।

Facebook Comments

                     

अरुपनि