हरर मुभि हेर्दाहेर्दै हलमा एक जनाको मृत्यु | OmkarTimes.com


एजेन्सी । बर्नार्ड च्यानिङ नाम गरेका ब्रिटिसका एक जना व्यत्तिm थाइल्याण्डमा विदा मनाउन गएका थिए । उनले त्यहाँ जुन २८ मा रिलिज भएको फिल्म ‘एनाबेले रिटर्नस होम’ हेर्ने निर्णय गरेका थिए ।

 

तर दुखद कुरा जब फिल्म सकियो र हलमा बत्ती बाल्दा ती पुरुष उनकै सिटमा मृत अवस्थामा देखिए । सुरुमा ती पुरुषको पल्लो सिटमा रहेकी महिलाले उनलाई मृत अवस्थमा देखेकि थिइन् ।

 

 


Tourist Bernard Channing, 77, had been to the cinema while on holiday in  Thailand, but when the film finished a shocked guest sitting next to the pensioner noticed he was dead

जब ती महिलाले उनलाई मृत देखिन उनी कराइन र आपतकालिन सहयोगलाई बोलाइन् । तर ती पुरुष हलभित्रै मरिसकेका कारण उनको शव एम्बुलेन्समा राखेर लगियो ।

 

उनलाई सुरुमा मृत अवस्थामा देखेकी स्थानीय निवासी मामिरा फिन्ग्राटले घटनाबारे बोल्दै भनिन् ” मान्छेहरु सबै चकित परेका थिए कि यो के भइरहेको छ भनेर, हलका स्टापहरु निकै सजग देखिन्थे, हामीलाई फोटो खिच्न मनाही गरिएको थियो ।”

 

 

“हामीलाई यसबारे साँझ ८ कजे मात्रै खबर आएको थियो, एक विदेशी मानिस कसरी हलमा ज्यान गुमाउन पुगे अहिले हामी सँग कुनै अनुसन्धान पुरा भइसकेको छैन्, यद्यपी डक्टर र प्रहरी अनुसन्धानले सबै खुल्ने छ ।”

 

एक प्रहरी अधिकारीले भनेका छन् । तर अहिले मृत्युको कारण भने पत्ता लागिसकेको छैन् । यो घटना ३ जुलाईको हो । ७७ वर्षीय बर्नार्ड च्यानिङ थाइल्याण्डमा बिदा मनाउन गएका थिए ।

Facebook Comments

                     

अरुपनि