गीति लेखनमा सरिताको आगमन, पहिलो गित नै चर्चामा | OmkarTimes.com


काठमाडौ । मोरङ मिक्लाजुङ मधुमल्लाकी सरिता लिङदेन गीतकार रुपमा नेपाली साँगीतिक क्षेत्रमा उदाउनुभएको छ ।

 

लामो समय देखि गीति लेखनमा क्रियाशिल सरिताको कापीको पानामा सिमित गीत रेकर्ड भई भिडियो सहित सार्वजनिक भएको छ ।

सरिताले लेख्नुभएको ‘ उडेर जाँउ भन्छ यो मन उनकै सामु किन ’ बोलको गीत चर्चित गायिका अन्जु पन्तले गाउँनुभएको छ ।

 

जुन गीतको भिडियो सार्वजनिक भएसँगै छोटो समयमै दर्शक श्रोताहरुले अत्याधिक रुचाईरहेका छन् । भिडियोको भ्यूज निक्कै गईरहेको छ ।

 

मञ्जुल मितेरीको संगीत रहेको यस गीतमा बादल लिम्बूको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडीयोमा अहिलेका ब्यस्त कलाकारहरु रीमा बिश्वकर्मा र निराजन प्रधानले अभिनय गर्नुभएको छ ।

 

छोटो समयमै यस गीतले पाएको दर्शक र प्रशंसाले आफूलाई नेपाली सुगम संगीतमा अगाडी बढ्ने हौसला मिलिरहेको गीतकार सरिता लिङ्देनले बताउनुभयो ।

 

प्रतिक्रियाहरु पनि एकदमै राम्रो आइरहेको छ । जसले गर्दा म निक्कै खुशी छु,सरिताले भन्नुभयो ।

 

सार्वजनिक भएको पहिलो गीत दुईदिनमै चर्चाको शिखरमा पुग्दै गर्दा गीतकार सरितालाई यो क्षेत्रको उज्वल नक्षत्रका रुपमा लिन सकिन्छ । स्कुलमा हुँदा चाहिँ गीत गाइरहन्थे ।

 

गीत गाउन एकदमै मन पथ्र्याे तर परिस्थिती अनुसार त्यो पूरा हुन सकेको छैन, कहिलेकाही एक्लै हुदा मनमा लागेको कुरा कबिता र गीतको बनाएर लेख्ने गर्छु , उहाँले भन्नुभयो,गीतसँगीत मेरो खुशी हो । जिन्दगीको एउटा पाटोको रुपमा लिएको छु ।

 

रातोकलमसँगको कुराकानीमा उहाँले हामीलाई भन्दै जानुभयो,‘जब जब म आफ्नो भावना र भोगाइलाइ नजिक बाट महसुस गर्छु तब तब गीत र कविताहरु लेख्ने गर्छु । प्राय सबै गीत एकै महसुसमै लेखिसकेको छु ।

 

उर्लाबारीको सुनगाभा बोर्डिङ र उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्नुभएको सरिता हाल वैदेशिक रोजगारको शिलशिलामा हाल साइप्रसमा हुनुहुन्छ ।

 

गिती लेखन तपाईको रहर कि करियर हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, रहर र करियर भन्ने त सोचेको छैन तर मेरो आफ्नो भावना र कल्पनालाई आकार दिन खोजेको चाहिँ हो ।
दर्शक श्रोताको माया पाए अझै राम्रा राम्रा सृजना पस्किने उहाँको भनाई छ ।

 

Facebook Comments

                     

अरुपनि