बोक्रे भलादमीको खोक्रो राष्ट्रवाद !


– पार्थर्जुन खड्का

 

नब्बेको दशकको चश्मा लगाएर हेरौ हिजोको नेपाल !

दुर्भाग्यवश त्यो भन्दा अगाडिको `यो र त्यो´ उपलब्धिको नारा लगाएर आजका हाम्रा `सो-कल्ड´ राजनेताहरुले राम्रै चक्रीय ब्याज खाईरहेका छन।

 

हिजोको नेपालमा बहुसंख्यक युवाले गल्फ र डिभि देखे, जुन आज सम्म नि चर्चित छ। आजका ले कोरिया, जापान र अष्ट्रेलिया देखिरहेका छन्। हिजो फाट्टफुट्ट देखिन्थ्यो- लोकसेवामा चौध अञ्चल र पच्चत्तर जिल्ला तर आज त सात प्रदेश पो देखिन थालेछ।

 

के भोलीको नेपाल पनि यस्तै देखिन्छ ! ? के संविधानमा नेपालको परिकल्पना गर्दैमा नेपाल त्यस्तै देखिन्छ र ? केपी ओली र विप्लवको चश्माको रङ मात्र फरक हो, चश्मा उतारेर हेर्नुहोस नेपालको रङ कालो, बादल लागेको जस्तो छ । जुन भोलिको नेपालले हृदयदेखि नै स्वागत गरिरहेको छ ।

 

बेलाबेलामा सुनिन्छ राष्ट्रियता खत्रामा छ। अनि म खित्का छोडेर हास्छु र मन हल्का हुन्छ। छिमेकी भारत र चीनलाई हेर्ने चश्मालाई नेपाली जनताले जबसम्म स्व-विवेकले बद्ल्दैन नेपाली आकाशमा लागेको कालो बादल निश्चित छ।

 

जय भोलि !

 

अब एकछिन `रेबेन´ को चश्मा निकालेर `माईक्रोस्कोप´ लगाएर हेरौं, राष्ट्रिवादी छवि बनाएका प्रधानमन्त्री ओलीको क्षेत्र गौरादहलाई। म सम्झिदैछु हिजोको गौरादह `रेबेन´ लगाएर र भोलीको दुर्पिन लगाएर। आहा ! कति राम्रो ।

 

पुरानो भएको माइक्रोस्कोप टक्टकाउदै हेर्दै थिए आज धेरै थरीका किटाणुहरु सल्बलाईरहेको देखे। यी किटाणुहरु कहाँबाट आए ? के हावाहुरीले भारत र चीनबाट लिएर आयो र ? गल्फ, अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलियाबाट आएको हो र ? यसको मूल्याकंन समयले गर्ला ।

 

अस्तिको कुरा हो, भाईको रेल चड्ने ईच्छालाई पूरा गर्न हामी भारत तिर लाग्यौं । रेलको डिब्बामा संगै बस्ने भारतीयले सोध्यो – ` किदर से हो तुम लोग ?´ `नेपालबाट आएको रेल चड्न´, भाईले जवाफ दियो ।

 

उसले पुनः आश्चर्य र अलि अलि रिसको भावमा भन्यो – ` नेपाल मे रेल भि नहि हे ? तो क्या हे नेपाल मे ! नेपाल भारत मे होना चाईया था, बडीया होता था ! ईत्ना सुन्दर देश फिर भि कुच नहि हे ?´

 

गोर्खालीको रगत न हो, भाई रिसले चुर भयो। अर्को स्टेशन नपुग्दै झर्यो र बोर्डरमा आएर राष्ट्रियता खत्रामा छ भन्दै धर्ना दिन थाल्यो।
क्या गज्जबको राष्ट्रवाद ! म खित्का छोडेर हाँसे, मेरो मन हल्का भयो ।

Facebook Comments

                     

अरुपनि