होली वाइन खुवाउने क्रिश्चियन गुरुआमालाई अनुयायीलाई बन्धक बनाएको आरोपमा ६ वर्षको जेल सजाय


काठमाडौं । ‍‍‍‍‍‍‍‍‍‍‍केही महिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई ‘होली वाइन’ खुवाएको विषयले राजनीति खुबै ततायो । अझ त्यसमाथि प्रधानमन्त्री ओलीलाई एक करोड पुरस्कार दिएको विषयले नै सरकार र सत्तारुढ दल नेकपा आलोचित भयो । काठमाडौंको ह्यात रिजेन्सी होटेलमा इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ)ले आयोजना गरेको कार्यक्रममा नेताहरुलाई होली वाइन खुवाइएको थियो ।

अहिले यस्तै होली वाइन खुवाउने क्रिश्चियन गुरुआमा शिन ओकजुलाई ६ वर्षको जेज सजाय सुनाइएको छ । दक्षिण कोरियाको ग्रेस रोड चर्चकी संस्थापक ‘शिन ओक जु’लाई ६ वर्षको जेल सजाय तोकिएको छ । तर, ग्रेस रोड चर्च भने नेपालका नेताहरुलाई होली वाइन खुवाउने संस्था भने होइन । यद्यपी धर्म प्रचार गर्ने आफ्ना अनुयायी भने बनाउँदै हिँड्ने संस्था भने हो ।

ग्रेस रोड चर्चकी संस्थापक जु ले सन २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइ सर्नका लागि राजी गराएकी र उनीहरुलाई बन्धक बनाइएको तथा हुलदंगा मच्चाउने काममा लगाएको आरोप उनी गएको जुलाईमा पक्राउ परेकी बीबीसीले जनाएको छ । उनीमाथि बन्धक बनाइएका चार सय मध्ये सबैको पासपोर्ट खोसेर राखेको र तीमध्ये केहीलाई आत्मा भगाउने भन्दै कुटपिट गरिएको समेत उजुरी परेको थियो ।

सो चर्चको बन्धकबाट उम्कन सफल एक पीडितले आफूले आफ्नो सम्पूर्ण परिवार धार्मिक अन्धविश्वासका कारण गुमाएको गुनासो गरेकी बीबीसीले जनाएको छ । यसै सम्बन्धमा सोमबार दक्षिण कोरियाको एउटा अदालतले शिनलाई हिंसा, बाल दुराचार तथा ठगीलगायत विभिन्न आपराधिक मुद्दाहरुमा दोषी सावित गर्दै ६ वर्षको जेल सजाय तोकेको हो ।

दक्षिण कोरियाको सुवन जिल्ला अदालतको उप अदालतलले ‘पीडितहरुलाई मरणासन्न हुने गरी कुटपिट गरिएको र शारीरिकका साथै मानसिक डर त्रास र यातना दिइएको पाइयो’ भन्दै उनलाई सो सजाय सुनाएको बीबीसीले जनाएको छ । ‘धर्मको नाउँमा गरिएको गैरकानुनी कारबाहीबापत कडाभन्दा कडा कारबाही हुनुपर्छ’, अदालतको फैसलामा उल्लेख छ ।

चर्चकी संस्थापक शिनसँगै चर्चका अन्य पाँचजना अधिकारीहरुलाई पनि सजाय सुनाइएको छ । यद्यपी आफ्ना सदस्यहरुलाई जेल सजाय सुनाइएको सम्बन्धमा उक्त चर्चले हालसम्म कुनै आधिकारिका प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन ।

Facebook Comments

                     

अरुपनि