पू’र्वराजाको सरकारी सुविधा खो’स्ने तयारीमा नेकपा , कांग्रेसले भन्यो – सानो चित्त गर्नु हुँदैन


काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले पूर्वराजालाई दिइएको सरकारी सुविधा फिर्ता लिने गरी आन्तरिक छलफल थालेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापाले पूर्वराजाको सरकारी सुविधा खोस्ने गरी छलफल थालेको स्रोतले बताएको छ । पूर्वराजालार्ई पूर्वराष्ट्र प्रमुखको हैसियतमा दिइदै आएको सुविधा खोस्ने गरी अध्यक्ष दाहालले छलफल थालेका छन् । उनले वरिष्ठ नेता नेपाल, खनाल र गौतमसँग छुट्टा छुट्टै कुराकानी गरेको स्रोतले बताएको छ । बुधवार पूर्वप्रधानमन्त्री समेत रहेका खनालसँग आफ्नै निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर छन् । ओली स्वदेश फर्केलगतै बस्ने नेकपा सचिवालय बैठकको बैठकमा छलफल हुने भएको छ । २८ साउनमा सचिवालय बैठक बस्दैछ ।

पूर्वराजा ज्ञानेन्द्रले संविधान र गणतन्त्र विरोधी हर्कत गरेको आरोप नेकपा शीर्ष नेताले लगाउन थालेका छन् । कहाँ र कुन बिषयमा संविधान विरोधी हर्कत पूर्वराजाले गरे ? त्यो भने खुलाएका छैनन् । पछिल्लो समय पूर्वराजा र राजाबादीहरु सक्रिय रहेको उनीहरुले बताउने गरेका छन् ।

‘पूर्वराजालाई दिइएको नागार्जुनको सरकारी निवास खोस्ने र सुरक्षाकर्मीहरु हटाउने निर्णय हुन सक्छ’, नेकपाका एक नेताले भने त्यति गर्दापनि पूर्वराजा नसच्चिए ठुलो कदम पनि सरकारले चाल्न सक्छ ।’ नेकपा सचिवालयको बैठकमा छलफल गरेपछि सरकारबाट सुविधा खोस्ने गरी निर्णय गराउने तयारी थालिएको छ ।

१९ साउनमा रामेछाप पुगेका नेकपा अध्यक्ष दाहालले संविधान र गणतन्त्र बिरोधी काम गरे पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने धम्की दिएका थिए । नेकपा वरिष्ठ नेता नेपालले पनि संविधान र गणतन्त्रबिरोधी हर्कत नगर्न पूर्वराजालाई सार्वजनिकरुपमै चेतावनी दिइसकेका छन् ।

संविधानसभाबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्ना विश्वास पात्र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राजदरवार पठाएका थिए । तत्कालिन मुख्यसचिव र गृहसचिवलाई लिएर दरवार पुगेका सिटौलाले पूर्वराजासँग ४५ मिनेट वान टु वान सम्वाद गरेका थिए । सम्वादका क्रममा पूर्वराजाले बृद्ध आमाको इच्छा दरवारको एक क्षेत्रमा जीवन विताउने धोको रहेको बताएका थिए भने भने आफ्नो लागि निवासको माग गरेका थिए ।

‘पूर्वराष्ट्र प्रमुखका हैसियतमा दिने सहमति तत्कालिन शीर्ष तहमै भएको थियो’, कांग्रेस नेता सिटौलाले भने ‘तत्कालिन सरकारमा सहभागी माओवादी मन्त्रीहरुले मानेका थिएनन् । गिरिजाबाबुले प्रचण्डसँग कुरा गरेपछि सरकारी सुविधा दिने निर्णय भएको हो । अहिले आएर सानो चित्त गर्नु हुँदैन ।’

पूर्व राष्ट्र प्रमुखलाई सरकारी सुविधा दिने ब्यवस्था छ । त्यही ब्यवस्थामा पूर्वराजा र पूर्वराष्टपति रामबरण यादवलाई सरकारी सुविधा दिइदै आएको छ ।

Facebook Comments

                     

अरुपनि