कबिता : बिदाई


✍️ निश्चल नेपाल

 

आँशुले विदाई गरु भने
तिम्रो व्यथा झन बल्झेला
मुस्कानले विदाई गरौं भने
तिम्रो दिल यतै अल्झेला

 

जाउ प्रिय तिमी
हाम्रो अतितलाई विर्सिदेउ
तिम्रो भविष्य विधातालाई
आफ्नो जीवन सुम्पिदेउ
म त केवल एक पतिंगर हुँ
अन्धो बतासमा पनि बतिन्छु
म त एक भिखारी हुँ
जसले लत्याए पनि लत्तिन्छु

 

मुटुको चोट देखाउँ भने
मायाको भण्डार देखिएला
जीवनको संघर्ष सुनाउ भने
आखाँको आँसु पोखिएला

 

जाउ प्रिय तिमी
पुरानो यादहरु विर्सिदेउ
तिम्रो सुहाग रातको आगमनलाई
आफ्नो माया सुम्पिदेउ

 

उपहार लिएर जाउ प्रिय
दुई थोपा आँसु बाहेक केही दिन सकिन
प्रेमको दियो निभाएर जाउ प्रिय
तिमी बिनाको उज्यालोमा म बाँच्न सकिन

Facebook Comments

                     

अरुपनि