रबि लामिछाने पुनः हिरासतमा,रबिका समर्थक निराश

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी   रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज पनि हिरासतमै पठाइएको छ ।

जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा आज अस्मिता कार्कीको बयान सकिएको छ । लामिछाने र कँडेलसँग भोली बिहान बयानका गरिने छ ।  लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिल्ला प्रहरी चितवनको हिरासतमा पठाइएको हो ।

प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले  जिल्ला  अदालत चितवनमा अभियोग पत्र दर्ता गराइएको थियो ।

Facebook Comments

                     

अरुपनि