के राजसंस्था अबको अनिवार्य आवश्यकता हो त ?

सुशासनको समस्या आज नेपलको प्रमुख समस्या देखिन्छ । २०६३ पछि आएको परिवर्तनले नेपाली समाज भित्र एउटा यस्तो विकराल समस्या खडा भयो । जातिय र क्षेत्रीय बिभेद आपसी अन्तरकलह राजनितिक अस्थिरताले देशै बिखण्डन तिर उन्मुक्त भयो । सत्ताको सहमति, राजनीतिक शून्यता र आपसी कलह नै प्रमुख कारक मान्न सकिन्छ । राजनितीक दलहरु धनमोह, सत्तामोह र चाकडीबाज भएकै कारण सदियौंदेखि विश्व मंचमा स्थापित नेपालको पहिचान राजतन्त्र र हिन्दु राष्ट्रलाई तिलाञ्जली दिंदै गणतन्त्र र धर्म निरपेक्ष राष्ट्रको उद्घोष नेपालको हितमा थिएन ।

सन्दर्भ यहाँ गणतन्त्रको, गणतन्त्र नेपालभित्र नेपाली जनताको सार्वभौमिकता, मौलिक अधिकार र स्वतंत्रता कुन हद सम्म लागु भयो या पहिला थियो विश्लेषण हुन अत्यन्त जरुरी छ । नेपाली समाज सम्मानित समाज हो, अन्तर्राष्ट्रीय क्षेत्रमा पनि नेपाली समाजको निकै महत्व रहेको देखिन्छ । यसको प्रमुख कारक राजतन्त्र नै थियो । हामीले पढेका छौ या सुनेका छौ एक पटकको कुरा हो महेन्द्र राजालाई भारतका तत्कालिन प्रधानमन्त्री पंडित ज्वाहारलाल नेहरुले नेपाललाई भारतमा गाभौं भन्दा राजा महेन्द्रले त्यसो भए देशको नाम नेपाल राखौं भनेका इतिहासलाई पनि स्मरण गर्नैपर्छ ।

जननेता बिपी. कोइराला जति नै राजनीतिक मदभेद रहेतापनि राष्ट्रियताको विषयमा एकमत थिए । त्यसैले राजा महेन्द्रले बिपीलाई भनेका छन्, ‘पञ्चायत नस्वीकार्नु गलत हो तर राष्ट्रियताको विषयमा तपाईंको कदम सही हो, यसले के देखाउँछ भने राजतन्त्र प्रजातन्त्रमा समाहित थियो । वर्तमान नेपालको राजनीतिको खण्ड खण्ड अराजक हत्या हिंसा द्वन्द्व र नैतिकता पतन तिर उन्मुख छ । यस्को जिम्मेदारी को हो ? यो विषयमा विश्लेषण गर्नै पर्छ । मैले वर्तमान नेपालको राजनीति कुन दिशा र कुन उदेश्यका निमित्त कसको इसारा भन्दा पनी कुन देशको नीतिमा संचालन छ ? कुन देशको नीति आत्मसात गरिरहेका छन् नेपालका राजनीतिक दलहरुले ? नेपाली राजनीतिक दलहरु त्रिकोणात्मक बिचारबाट अघि बढिरहेका छन् । कम्युनिष्टहरूको नीतित स्वदेशी नीति हुनै सक्दैन । यिनिहरु विदेशी बिचारमा रमाएका छन् ।

समस्या एकातिर छ नेता भनाउँदाहरुको कार्य अर्कोतिर । निकै गणतन्त्रबादी सोच्छन् यिनीहरु । गणतन्त्रमा सक्षम हुन सक्छ की असक्षम यो बिषयमा पनी बिश्लेण गर्नु पर्ने नै हुन्छ । नेताहरुले रबिन गन्धर्वलाई आफ्नो सभास्थलहरुमा उपयोग गर्दै उनलाई गिदाउन एउटा गित लेखेर दिएका थिए “बनको काफल वनको चरीलाई राजतन्त्र दुईदिनको भएनी गणतन्त्र जुनी भरीलाई” । यो त्यो बेला केही लोकप्रिय पनि भयो तर पछी आएर पोखरामा उनलाई न रहन्छ, नफाप्छ गणतन्त्र– नेपालीको चाहना मात्र राजतन्त्र ।” उनका परिबर्तनका यी स्वरहरुले पनि के जनायो भने पहिला सच्चा नेपाली आत्मा बोलेको थिएन, तर पछि उनको शुद्ध नेपाली आत्म बोल्यो । उदाहरण, मैले के दिन खोजेको भने नेपालका लोकतन्त्रवादी भनाउँदा नेताहरुले गणतन्त्र शुद्ध नेपाली भएर होइन अशुद्ध विदेशी भएर घोषणा गरेका हुन् ।

अब प्रजातन्त्रवादी र राष्ट्रवादीको एकता अत्यन्त आवश्यक छ । यो एकता के को लागि त प्रश्न यहाँनिर न आउने कुरै भएन । आफनो धर्म, संस्कृति, परम्परा, स्वाभिमान, एकता र विश्वासका निमित्त । यस्को लागि राजतन्त्रको कुनै पनि रुपमा पुनस्र्थापना अत्यन्त आवश्यक छ । प्रजातन्त्र र राजतन्त्रको महत्वलाई राजनितिक दलहरुले सम्मानका पुनस्र्थापित गर्दै समग्र देश जनता राष्ट्रिय एकता जनताको मौलिकता र सार्वभौमिकताको सुरक्षा गर्नुको बिकल्प छैन ।

Facebook Comments

                     

अरुपनि