भद्रगोल छाडेको `जिग्री´को टिम नयाँ टेलि शृंखला लिएर आउदै

काठमाडौं: नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेलि शृंखला भद्रगोलबाट निस्किएका कलाकारको टोलीले नयाँ हास्य शृंखला ल्याउने भएका छन्।

दुई निर्देशक कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’लगायतको टोलीले पारिश्रमिक र कपिराइट बिबाद मिडिया हबसंग चुलिए पछि शृंखला छाडेका थिए।

केही दिनअघिमात्र दर्शकसँग सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव मागेको टोलीले आइतबार फेसबुकमार्फत नयाँ टेलिशृंखला ल्याउने जानकारी दिएका छन्।

टोलीले नयाँ सिरियल असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाएको छ। ‘टिम त्यही, थिम त्यही, तर फरक नाममा’ शृंखला आउने जनाएपनि उक्त शृंखलाको नाम भने सार्वजनिक गरिएको छैन। नाम र अन्य जानकारी बुधबार पत्रकार सम्मेलन आयोजना गरी दिइने अर्जुन घिमिरे (पाँडे) ले जानकारी दिए।

टोलीमा शुरुवाती दिनमा देखिएका निर्देशक शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन्।

Facebook Comments

                     

अरुपनि