राजनीति १७ मंसिर २०७९
प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

ओमकार टाइम्स

आगामी सत्ता समीकरणलाई लिएर नेताहरूको दौडधुप चलिरहेका बेला भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवालाई भेट्न श्रीवास्तव आज बिहानै बालुवाटार पुगेका प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । यसअघि १० मंसिरमा पनि श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका थिए ।

देउवासँग उनले अहिलेसम्म प्राप्त चुनावी परिणाम र आगामी सत्ता समीकरणबारे चासो रोखका बताइएको छ । यसअघि १० मंसिरमा पनि उनले समसामयिक राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार