अपराध १६ पौष २०७९
कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

ओमकार टाइम्स

 कञ्चनपुरको बेलौरीमा ३ भारतीय लुटेरा पक्राउ परेका छन्। बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए।

पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ। “शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उनले भने, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ।”

५ जनाको समूहमा आएका भारतीय लुटेरामध्ये २ फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार