मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |
मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

२७ चैत्र २०७९
चीनको युद्धाभ्यासमार्फत् ताइवानलाई चेतावनी : स्थानीयले भने, ‘बानी परिसक्यो’

ओमकार टाइम्स

चिनियाँ सेना दोस्रो दिन पनि ताइवाननजिकै सैन्य अभ्यासमा संलग्न रहेको छ । चीनका अनुसार सेनाले ताइवान र नजिकैको समुद्रमा महत्त्वपूर्ण निशानाहरू प्रहार गर्ने अभ्यास गर्‍यो ।चीनले यो युद्ध अभ्यासलाई ताइवानका लागि ‘कडा चेतावनी’ बताएको छ । यस चेतावनीको मुख्य कारण ताइवानका राष्ट्रपति साइ इंग वेनको अमेरिकी भ्रमण हो । उनी गत हप्ता अमेरिका गएकी थिइन् ।

चीनको सेनाले ताइवानको वरिपरि घेरा बनाएको विषयमा अमेरिकाले उसलाई संयम अपनाउन सल्लाह दिएको छ ।ताइवानका अनुसार आइतबार चीनका करिब ७० विमानले ताइवानका अनुसार आइतबार करिब ७० चिनियाँ विमान नजिकैबाट उडेका थिए । ताइवानका अनुसार यस अवधिमा ११ चिनियाँ जहाज पनि देखिएका छन् ।

ताइवानले शनिवार दिएको जानकारी अनुसार चीनका ४५ युद्ध विमानले या त ताइवान स्ट्रेट लाइन (अनधिकारिक रूपमा ताइवान र चीनलाई विभाजन गर्ने रेखा) पार गर्‍यो या ताइवानको दक्षिण पश्चिम हिस्साको माथिबाट उडान भर्‍यो । 

यस्तै, ताइवानको राजधानी ताइपेईका जनतामा चीनको चेतावनीको धेरै असर देखिएको छैन । ‘हामीलाई यसको बानी परिसकेको छ,’ उनीहरुले भनिरहेका छन् ।

नले निकाल्यो ‘तरबार’

चीनले सैन्य अभियानलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । यो अभियान सोमबारसम्म जारी रहनेछ । ताइवानको प्रशासन चीनको अभियानका लागि रुष्ट छ ।

ताइवानको रक्षा अधिकारीले शनिवार लगाएको आरोप अनुसार चीन ‘ताइवानको राष्ट्रपति साई इंग–वेनको अमेरिका यात्राको बहानामा सैन्य अभ्यास गरिरहेको छ । यसले क्षेत्रको शान्ति, स्थिरता र सुरक्षामा गम्भीर पैदा भइरहेको छ ।’

सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट यात्रा गर्‍यो र यसले गोलाबारी गरेको थियो । यो टापु ताइवानको सबैभन्दा नजिक छ ।

ताइवानको काउन्सिल फर ओशन अफेयर्सले भिडियो फुटेज पनि जारी गरेको छ । यसमा ताइवानी जहाजले चिनियाँ युद्ध पोतलाई पछ्याइरहेको देखिन्छ । तर, यो भिडियो कुन ठाउँको हो भन्नेबारे काउन्सिलले जानकारी दिएको छैन । यो परिषद्ले तटीय सुरक्षाको काम मात्रै हेर्छ ।

भिडियो फुटेजमा, एक नाविकले चिनियाँ जहाजलाई रेडियोमार्फत चेतावनी दिइरहेको सुन्न सकिन्छ, ‘तपाईं क्षेत्रीय शान्ति, स्थिरता र सुरक्षालाई गम्भीर खतरा निम्त्याइरहनु भएको छ । कृपया तुरुन्त घुम्नुहोस् र यहाँबाट फर्किनुहोस् । यदि तपाईं अघि बढिरहनु भयो भने हामी तपाईंलाई बाहिर निकाल्ने उपाय अपनाउन बाध्य हुनेछौँ ।’

अर्को एउटा भिडियोमा ताइवानको युद्ध पोत ‘ड ख्वा’ र कोस्ट गार्डको जहाज देखिएको छ जसमा कोस्ट गार्डका अधिकारी चिनियाँ डुङ्गालाई ‘चुनौती’ दिइरहेको छ ।

ताइवानका रक्षा अधिकारीले चीनको अभ्यास शनिवार साँझ रोकिएको तर आइतबार बिहानैदेखि चिनियाँ युद्धक विमानहरूले फेरि परिक्रमा गर्न थालेको बताएका छन् ।

ताइवान र चीनबीच ७० वर्षदेखि छ तनाव 

– सन् १९४५–४९ मा चीनमा गृहयुद्ध सुरु भएको थियो । एकातिर माओत्से तुङको नेतृत्वमा कम्युनिस्टहरू थिए भने अर्कोतिर चियाङ काइशेकको नेतृत्वमा राष्ट्रवादी शक्तिहरू थिए ।

– चियांग काई–शेक नराम्ररी हार्न थाले । उनीहरू यस्तो स्थान जाने बारे सोचे जहाँ उनीहरू पुनः शक्तिमा आउन सकुन् ।

– उनीहरू ताइवान गए जहाँ उनीहरुले निर्वासनमा रहँदा नै सरकार गठन गरे ।

– चीनको कम्युनिस्टले अहिलेसम्म ताइवानलाई आफ्नो अधिकारमा ल्याउन सकेको छैन ।

चीनको कारबाही र ताइवानको प्रतिक्रिया

चीनको आधिकारिक मिडियाले ‘सैन्य अभ्यासका क्रममा गस्ती हुने र सेना ताइवान टापुतर्फ जाने र चारैतिरबाट घेरा हालेर ब्यारियर तयार गरिने’ बताएको छ ।

चीनको सेनाले लामो दुरीका रकेट, नौसेना नष्ट गर्ने उपकरण, मिसाइलयुक्त डुङ्गा, लडाकु विमान, बमवर्षक, ज्यामर र हवाई इन्धन भर्ने विमानहरू तैनाथ गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ताइवानको राजधानी ताइपेईका बासिन्दाहरू चीनको पछिल्लो कारबाहीबाट खासै चिन्तित देखिँदैनन् ।

ताइपेई निवासी जिम साईले भने, ‘मलाई लाग्छ कि सबै ताइवानीहरूलाई अब यसको बानी परिसकेको छ । म अब यसको आदी भइसकेको छु ।’ 

माइकल चुआङले भने, ‘उनीहरुले हमला गरे, हामी केही गरी पनि लुक्न सक्दैनौँ । भविष्यमा के होला, हेरौँ र त्यस अनुसार नै दिशा निश्चित गर्नेछौँ ।’ 

 

प्रतिक्रिया

सम्बन्धित समाचार