मुख्य समाचार
प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी | भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर | पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने | आजको राशिफल : २०८० साल जेठ २५ गते बिहीबार | राजस्व कार्यालय दमक कै संरक्षणमा कर छलि गर्दै डेन्टल हस्पिटल | तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण |

समाचार खेल १२ जेठ २०८०
काभा भलिबल :फाइनलमा पुग्न आज नेपाल र कजाकिस्तान भिड्दै

ओमकार टाइम्स

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रबार नेपालले बलियो प्रतिद्वन्द्वी कजाकिस्तानको सामना गर्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र कजाकिस्तान भिड्न लागेका हुन् ।

उक्त खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । दुबै टोली उक्त खेलमा एकअर्कालाई हराएर प्रतियोगिताको फाइनलमा स्थान बनाउने योजनामा छन् ।

नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट भारत पहिलो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । कजाकिस्तान भने समूह ’बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

शुक्रबार नै पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानको सामना गर्नेछ । उक्त खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा जारी उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र कजाकिस्तानको सहभागिता रहेको छ ।

प्रतिक्रिया