समाचार २९ जेठ २०८१
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते

रेखा चौहान

दमक / गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  दुई जना घाइते भएका छन् । अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा टिपर चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरी रहेका छन् ।  सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएका छन् । 

 घाइतेहरूकाे अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको  प्रहरीले  जनाएको  छ ।



प्रतिक्रिया