मुख्य समाचार
काठमाडौँमा दिउँसै लाखौँको चोरी | पहिरोका कारण विभिन्न स्थानमा सडक अवरोध | तनहुँमा ११ वर्षीया बालिका बलात्कृत | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक अमेरिकी नागरिक पक्राउ | गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती | बझाङमा २२ घण्टामा चार रेक्टर स्केलमाथिका ११ भूकम्प | चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलमा नेपाल भारतसँग पराजित | नेपालगञ्जमा आज पनि कर्फ्यू कायमै | पतिका हत्यारा गुण्डा नाइके रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारतीको रिले अनसन शुरु | सुरक्षा निकायका प्रमुखहरु लिएर मधेश पुगे गृहमन्त्री, आठै जिल्लाका सीडीओसँग छलफल गर्ने |

खेल २४ भाद्र २०८०
युरो छनोट इंग्ल्याण्डको विजयी यात्रा रोकियो

एजेन्सी

काठमाडौँ । युरो २०२४ को छनोटमा इंग्ल्याण्डको विजयी यात्रा रोकिएको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।

युक्रेनमा जारी युद्धका कारण पोल्याण्डमा खेलिएको खेलमा ४० हजार समर्थकको साथ पाएको युक्रेनले खेलको २६ औँ मिनेटमा नै अग्रता लिएको थियो । ओलेक्सान्डर जिन्चेकोले युखिम कोनोप्ल्याको पासमा गोल गरे ।

तर, पहिलो हाफको अन्त्यमा कप्तान ह्यारी केनले कायल वाकरको लागि गोलको अवसर सिर्जना गरेपछि खेल बराबरी भयो । देशका लागि ७७ औँ खेलमा उनको यो पहिलो गोल थियो ।

दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा नियन्त्रण बनाएको थियो । बुकायो साको प्रहारलाई युक्रेनका गोलकिपर जर्जी बुस्चानले बचाऊ गरेका थिए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

यसका बाबजुद इंग्ल्याण्ड ५ खेलबाट १३ अङ्क बटुल्दै समूह सीको शीर्ष स्थानमा कायम रहेको छ । अर्को वर्ष जर्मनीमा हुने प्रतियोगितामा छनोट हुने प्रबल सम्भावना रहेको छ । युक्रेन ७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया