काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच छुटबारे सम्झौता भएको छ । >
यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको छुट प्राप्त गर्ने छन् । >
त्यस्तै उक्त होटलमा स्पामा २०%, फुड, वेभरेज तथा कोठामा १५% छुट प्राप्त गर्ने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।>
>
>>