खेल २० जेठ २०८०
नेपाल मलेसियासँग पराजित

ओमकार टाइम्स

नेपाल मलेसियासँग पराजित, शृङ्खला बराबर

क्वाललम्पुर । नेपाली महिला क्रिकेट टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । पराजयसँगै दुई देशीय टी–२० शृङ्खला २–२ को बराबरीमा पुगेको हो ।


नेपालले प्रस्तुत गरेको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पछ्यायो । मलेसियाका लागि विनीफ्रेड डुरासिंगमले सर्वाधिक ३८ तथा माहिरा इजाती इस्माइलले १६ रनको योगदान दिइन् ।

यसअघि डुरासिंगमले ३ विकेट लिँदा नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा ९६ रन बनाउन सकेको थियो । नेपालका लागि इन्दु वर्माले ३२ तथा विन्दु रावलले २४ रन बनाइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार