काठमाडौँ । शुक्रबार बिहान विश्वकप छनोट अन्तरगत ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा रहे ।>
खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलबिच विवाद भएको थियो । दुई खेलाडीबिच मौखिक वादविवाद भइरहेको थियो, त्यति नै बेला मेस्सी प्रवेश गरेर विवादलाई थप उग्र बनाएका थिए ।>
मेस्सीले पहिले कुहिनाले ओलिभेराको छातीमा हाने भने त्यसपछि देब्रे हातको उनको घाँटी समाएका थिए । ओलिभेरा भने मेस्सीको हर्कतभन्दा पनि पाउलसँग विवादमा व्यस्त थिए । त्यसको केही क्षणमा खेलाडीहरूले विवाद साम्य पारेका थिए ।>
सो खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भयो । विश्व विजेता टोली २–० ले स्तब्ध बन्यो । उरुग्वेलाई जीत दिलाउन रोनाल्ड अराउहो र डार्विन नुनेजले एक–एक गोल गरे ।>
>>>>