काठमाडौँ । विशाल पौडेल र सनम मुलगुठीले काठमाडौँमा जारी ‘५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिप’ मा नेपालका लागि स्वर्ण पदक जितेका छन् । प्रतियोगिता एसियन शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको व्यवस्थापनमा भएको हो । >
च्याम्पियनसिपमा विशालले ७५ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेका हुन् । उनले भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । उक्त स्पर्धामा थाइल्यान्डका बालान्कन पठानसिरावतले कांस्य पदक जिते । >
महिला स्विम सुट फिजिक खुला विधातर्फ सनमले स्वर्ण पदक जितिन् । उनले हङ्कङ चाइनाकी मा सिन यीलाई पछाडि पार्दै स्वर्ण पदक हात पारेकी हुन् । दक्षिण कोरियाकी किम सोयुनले कांस्य पदक जितिन् । नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत हात पारे । उनले भियतनामका बुइ दाक फि भुसँग संग पछाडि परेका थिए । उक्त स्पर्धामा मलेसियाका अज्री विन अस्मत सेफ्रिले कांस्य पाए ।>
यसैगरी नेपालले ६० केजी तौल समूहमा पनि पदक हात पार्यो । उक्त स्पर्धामा नेपालका अश्मिनबाबु गरुङले रजत र कमल भण्डारीले कांस्य पदक पाए । उक्त स्पर्धामा थाइल्यान्डका जिराफन पोङ्कामले स्वर्ण पदक जिते ।>
च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनिय शारीरिक सुगठन ७५ केजीसम्म र ७५ केजीमाथि, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ वर्ष, २१ वर्षीमुनि, महिला फिटनेस फिजिक १६५ सेमीसम्म, १६५ सेमीमाथि, महिला टिनेज एथलेट फिजिक १५-१८ वर्ष, महिला स्विम सुट खुला, महिला जुनियर मोडल फिजिक २१ वर्षमुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ वर्ष, ५० देखि ६० वर्ष र ६० वर्षमाथि गरि १५ विधामा प्रतिस्पर्धा भएको थियो ।>
च्याम्पियनसिपमा १७ राष्ट्रका एक सय ६८ पुरुष र ६८ महिला गरि दुई सय ३६ खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् । शारीरिक सुगठनको इतिहासमा नेपालमा पहिलोपटक यति ठुलो प्रतियोगिता भएको हो । >
च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्कङ चीन, भारत, काजाकस्तान, मकाउ चाइना, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजकिस्तान, उज्वेकिस्तान र भियतनामका खेलाडीको सहभागिता रहेको छ ।>
>
>
>>