काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि इङ्गल्यान्डले पनि अन्तिम टोलीको घोषणा गरेको छ । इङ्गल्यान्ड एकदिवसीय विश्वकपको साबिक विजेता राष्ट्र पनि हो । इङ्गल्यान्डले बुधबार जस बट्लरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । >
इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले घोषणा गरेको अन्तिम टोलीमा युवा खेलाडी ह्यारी ब्रुक र जोफ्रा आर्चरलाई स्थान दिइएको छैन । टोलीमा अलराउन्डर बेन स्टोक्सलाई भने समावेश गरिएको छ । उनले विश्वकप खेल्न नै एकदिवसीय क्रिकेटबाट लिएको सन्न्यास पनि फिर्ता लिएका थिए । >
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपको उद्घाटन खेलमा इङ्गल्यान्डले न्युजिल्यान्डको सामना गर्नेछ । त्यो खेल अक्टोबर ५ तारिखमा अहमादाबादमा खेलिने छ ।>
विश्वकपका लागि घोषित इङ्गल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली, गस एट्किन्सन, जोनी बेयरस्ट, साम कुर्रान, लियाम लिभिङ्स्टोन, डाविड मलान, अदिल रसिद, जोए रुट, जासन रोय, बेन स्टोक्स, रिसे टपली, डेभिड विली, मार्क उड र क्रिस वाक्स रहेका छन् । >
आगामी विश्वकपका लागि हालसम्म इङ्गल्यान्डसहित चार राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेका छन् । अस्ट्रेलियाले बुधबार नै टोलीको घोषणा गरेको हो भने इन्डिया र दक्षिण अफ्रिकाले मंगलबार टोलीको घोषणा गरेका थिए । >
तीव्र गतिका बलर प्याट कुमिन्सको कप्तानीमा घोषित अस्ट्रेलियन टोलीमा स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, एस्टन अगार, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।>
यसैगरी विश्वकपका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्डा मागाला, केशव महाराज, आइडेन मारक्रम, डेभिड मिल्लर, लुङ्गी एनगिडी, एनरिच नोर्टेज, कासिगो राबाडा र टाबरिज सामसी, रासी भान डेर डुसान रहेका छन् । >
यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेय (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादव रहेका छन् ।>