मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

खेल २६ असार २०८१
वर्ल्डलिंकको बिट द स्पीड : फास्टेस्ट बलर बने प्रदीप जैसवाल

ओमकार टाइम्स

वर्ल्डलिंक कम्युनिकेशन्स. लि. ले नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा आयोजना गरेको ‘बिट द स्पीड’ अभियानमा प्रदीप जैसवाल विजयी भएका छन् । नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण आयोजना गरिएको थियो । 

यो २ महिना लामो अभियान, २१ वैशाख २०८१ मा सुरु भएको थियो, जसले नेपालका १८ सहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो।

नेपालका १८ सहरहरूबाट उत्कृष्ट ७ जना खेलाडीहरूलाई काठमाडौँमा दोस्रो चरणको प्रतिस्पर्धाका लागी ल्याइएको थियो । उनीहरूले नेपाल ए टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए।

अन्तिम चरणको प्रतिस्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ  कौशल प्रदर्शन गरेका थिए। निर्णायकहरूले खेलाडीहरूको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्याङ्कन गरेका थिए। सो प्रतिस्पर्धामा प्रदीप जैसवालले १२५ किमी प्रति घण्टाको नयाँ कीर्तिमान बनाउँदै यस प्रतियोगितामा जित हासिल गर्न सफल भए। सन्देश थापा र राहुल कुमार यादवले क्रमशः १२२ किमी प्रति घण्टा र १२१ किमी प्रति घण्टाको गति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन देखाएका थिए । 

भावी सम्भावनाको पहिचान गर्दै प्रतिस्पर्धी रवि  दमाईलाई "इमर्जिङ्ग ट्यालेन्ट" को रूपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो। वर्ल्डलिंकको यस "बिट द स्पीड" अभियानको विजेता प्रदीप जैसवालले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारत स्थित चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन् । 

१२१ किमी प्रति घण्टाको गतिमा बलिङ गरेका १४ वर्षीय राहुल कुमार यादवलाई पनि दर्शकहरूले निकै रुचाएका थिए साथै  उनको बलिङ एक्सनलाई धेरै दर्शकहरूले “लसिथ मलिङ्गा” सँग समेत तुलना गर्दै भविष्यमा उनी एक उत्कृष्ट खेलाडीका रूपमा स्थापित हुने सम्भावना रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार