मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

मनोरञ्जन २५ असार २०८१
'एक था टाइगर' मा सलमान खान थिएनन् पहिलो रोजाइ

ओमकार टाइम्स

बलिउड अभिनेता सलमान खानले थुप्रै ब्लकबस्टर फिल्म दिएका छन्। जसमध्ये एक हो– एक था टाइगर। 

फिल्ममा उनले रअ एर्जेटको भूमिका निर्वाह गरेका थिए। फिल्ममा उनीसँगै कट्रीना कैफको मुख्य भूमिका थियो। 

फिल्मलाई दर्शकले खुब रूचाएका थिए। तर उनी यस फिल्मको लागि पहिलो रोजाइ थिएनन्। भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार सलमानभन्दा अघि यो भूमिका शाहरूख खानलाई प्रस्ताव गरिएको थियो। तर शाहरूखले फिल्म अस्वीकार गरे।

त्यसबेला शाहरूख अन्य फिल्ममा व्यस्त थिए। उनको व्यस्तता यति धेरै थियो कि उनले यशराज फिल्मसको फिल्मलाई अस्वीकार गरेका थिए। शाहरूखले नै सलमानलाई लिन सुझाएका थिए। 

७५ करोडमा बनेको फिल्मले विश्वभरबाट ३३५ करोड भारू कमाएको थियो। हाल यसको दोस्रो र तेस्रो संस्करण पनि प्रदर्शन भइसकेको छ। 

प्रतिक्रिया