आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई पराजित गरेको छ।>
केनसिंग्टन ओभल ब्रिजटाउनमा गएराति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।>
अष्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ६ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो।>
इंग्ल्याण्डका लागि ओपनर तथा कप्तान जोस बट्लरले सर्वाधिक ४२ रन बनाए। उनले २८ बलमा ५ चौका र २ छक्का हाने।>
अर्का ओपनर फिल सल्टले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए।>
मोइन अलीले १५ बलमा ३ छक्का प्रहार गरी २५ रन जोडे।>
लियम लिभिंस्टोनले १५ र विल ज्याक्सले १० रनको योगदान गरे।>
१६ बलमा २ चौका प्रहार गरी २० रन जोडेर ह्यारी ब्रुक नट आउट रहे।>
बलिङतर्फ प्याट कमिन्स र एडमा जाम्पाले २/२ तथा जोस हेजलहुड र मार्कस स्टोइनिसले १/१ विकेट लिए।>
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेट गुमाएर २०१ रन बनाएको थियो।>
त्यस क्रममा ओपनर डेविड वार्नरले सर्वाधिक ३९ रन बनाए। उनले १६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।>
अर्का ओपनर ट्राविस हेडले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३४ रन बनाए।>
ग्लेन म्याक्सवेलले २५ बलमा २ चौका र २ छक्का प्रहार गरी २८ रन जोडे।>
मार्कस स्टोइनिसले १७ बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रनको योगदान गरे। ११ रन बनाएर टिम डेभिड आउट हुँदा म्याथ्यु वाडे १७ रन जोड्दै नट आउट रहे।>
बलिङतर्फ क्रिस जोर्डनले २ तथा मोइन अली, जोफ्रा आर्चर, अदिल रसिद र लियम लिभिङस्टोनले १/१ विकेट लिए।>
समूह बी मा रहेको अष्ट्रेलिया दुई खेलमा दुवै खेल जितेर शीर्ष स्थानमा छ।>
स्कटल्याण्ड् दोस्रो, नामिबिया तेस्रो, इंग्ल्याण्ड चौथो र ओमान पुछारमा छ।>>