मुख्य समाचार
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ? | हल्दिबारीका विपन्न नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क | प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान | गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन | जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु | बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते | आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी | शिक्षकहरूले अघि सारेको यी माग : जो सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्छ | मलङ्गवामा दुई समुदायबीच फेरि झडप, निषेधाज्ञा जारी | हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन |

अर्थतन्त्र २१ श्रावण २०८०
एशिया बैंकले आर्थिक वर्षमा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफाआर्जन

ओमकार टाइम्स

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९-८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १०.३५ प्रतिशतले नाफा वृद्धि गरेको हो । 

आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दै २ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले ब्याज आम्दानीबाटै १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ कमाएको छ । 

यस्तै समीक्षा अवधिमा सञ्चालन नाफाबाट ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ कमाएको बैंकले जनाएको छ । 

बैंकको मुनाफा बढेसँगै यता वितरणयोग्य नाफामा वृद्धि भएको छ । अघिल्लो वर्ष ३ अर्ब ४२ करोड ७० लाख ७४ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यो वर्ष ७.९३ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) १७.०७ प्रतिशत रहेको छ भने बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा पुगेको छ ।  स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २०वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । 

साथै कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई चौथो त्रैमाससम्ममा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको बैंकको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार