रौतहट । रौतहटमा एक स्थानीय तहका हाकिमको किर्ते हस्ताक्षर गरी पेस्की फर्छ्यौट गराउन खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन् >
गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको किर्ते हस्ताक्षर गरी पेस्की फर्छ्यौट गर्न खोज्ने कर्मचारी राम नारायण सहनी पक्राउ परेका हुन् ।>
पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी सहनीले भत्ता वितरण गर्न केही समय अघि ५ लाख रुपैयाँ पेस्की लिएका थिए । सोही पेस्कीबापत उनले पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा किर्ते हस्ताक्षर गरी फर्छ्यौट गरेको फेला परेको अधिकृत झाले बताएका छन् ।>
किर्ते हस्ताक्षर गरी तथा कार्यालयको छाप लगाएर फर्छ्यौट गरेको फेला परेपछि प्रशासकीय अधिकृत झाले इलाका प्रहरी कार्यालय गरुडालाई खबर गरेका थिए । >
खबर लगत्तै सहनीलाई प्रहरीले पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश खनालले पक्राउ परेका कर्मचारी सहनी उपर किर्ते र सरकारी छाप दुरुपयोगबारे मुद्दा दर्ता गरिएको बताएका छन् । >
>>