मुख्य समाचार
सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको :अर्थमन्त्री डा.प्रकाशशरण महत | जेठ २७ र २८ गते काठमाडौंमा निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने | आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन |

समाचार अपराध ११ जेठ २०८०
वैदेशिक रोजगारीमा जाने नेपालीबाट १० महिनामा ७५ करोड बराबरको ठगी

ओमकार टाइम्स

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढिरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानुनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको पाइएको हो । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ठगीमा परेको भन्दै ९२५ उजुरी विभागमा परेका छन् ।

उनीहरूले ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ बराबरको रकम दाबी गरेका छन् । यसरी ठगी गर्नेमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अनुमति नपाएका एजेन्ट तथा दलालहरू बढी देखिएका छन् । इजाजत लिएर कामदार पठाइरहेका कम्पनीहरूले समेत कामदारबाट मोटो रकम लिएर पठाउने गरेका छन् । तर, त्यस्ता खालका उजुरी कम आउने गरेको विभागले जनाएको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार यसरी ठगिनेमा अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९५ उजुरी परेका थिए । जसमा ५० करोड ४४ लाख ६१ हजार रकम दाबी गरिएको थियो । वैशाख महिनामा मात्र १०४ उजुरी परेको विभागको तथ्याङ्कले देखाएको छ । यसरी उजुरी परेका ९२५ मध्ये ७७ वटा उजुरी अदालतसम्म पुगेका छन् ।

ठगी गरेको आरोपमा विभागले प्रहरीको सहयोगमा १७६ बिचौलियालाई पक्राउ गरेको देखिन्छ । त्यस्तै विभागको रोहबरमा १३५ उजुरीमाथि मिलापत्र गराइएको छ । त्यसरी मिलापत्र गराउँदा एजेन्टहरूले ९ करोड ४३ लाख रुपैयाँ फिर्ता गरेका छन् ।

विभागले प्रमाणको आधारमा अदालतमा मुद्दा दायर गर्ने, मिलापत्र गराएर बढी लिएको रकम फिर्ता गराउने लगायतका काम गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने कामदार ठगिने घटना बढ्दै गएपछि सरकारले यो विषय निकै गम्भीर देखिएको छ । आफू कुनै समस्यामा परेको खण्डमा तत्काल सम्पर्क गर्न भन्दै २४ घण्टा नै हटलाइने सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै उजुरी पर्ने वितिक्कै प्रहरीको सहयोगमा एक्सन लिने गरेको सूचना अधिकारी सुवेदीले बताए ।

त्यस्तै विभागले म्यानपावर व्यवसायीमाथि अनुगमन गर्नका लागि निर्देशकको नेतृत्वमा तीनवटा समिति समेत गठन गरेको छ । ती समितिहरूले आवश्यकताको आधारमा अनुगमन गर्ने, छापा हान्ने लगायतका काम गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार