समाचार कला २५ मंसिर २०७९
गीतकार बुढाथोकीको आत्मकथा 'पसिनाले भिजेको जिन्दगी' लोकार्पण

ओमकार टाइम्स

गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा 'पसिनाले भिजेको जिन्दगी' को लोकार्पण गरिएको छ।

शनिबार एक कार्यक्रम आयोजना गर्दै पुस्तकको लोकार्पण गरिएको हो। तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुमकै पहिलो नाटककार हुन्। 

ड्राइभिङ सम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरूको वंशावली समेत समेटिएको छ। 

पुस्तक लोकार्पण समारोहका सभापति खप्तडी सेवा समाजका अध्यक्ष विकेन्द्र दिप बुढाथोकी रहेका थिए। कार्यक्रमका प्रमुख अतिथी देविराम शर्मा थिए भने गीतकार कृष्णहरि बराल, खगेन्द्र प्रसाद लिईटेल, संगीतकार राजु सिंह, निर्देशक दिपेन्द्र के खनाल, गायक तथा संगीतकार शिशिर योगी, सञ्चारकर्मी दिल भुषण पाठकलगायतको उपस्थिति रहेको थियो।

बुढाथोकीका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन भईसकेका छन्। उनको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी दिए। 

बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुयालले सम्पादन गरेका हुन्। 


प्रतिक्रिया

सम्बन्धित समाचार