मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

समाचार २७ असार २०८१
गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून

ओमकार टाइम्स

 नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु सङ्क्रमण न्यून देखिएको छ । सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु सङ्क्रमित भेटिएका थिए भने यो वर्ष (सन् २०२४ को सोही अवधिमा) १ हजार ४८३ जनामा डेंगु सङ्क्रमण देखिएको हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत वर्ष जुन महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । तर यो वर्ष जुनमा पनि गत वर्षको तुलनामा सङ्क्रमित सङ्ख्या कम छ ।

गत वर्ष जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो । यो वर्षको जुन महिनामा ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  यो वर्ष सन् २०२४ को जनवरी महिनामा २४३ जनामा डेंगु सङ्क्रमण भएको छ ।

यस्तै, फेब्रुअरीमा १७३ जनालाई डेंगु भएको छ भने मार्चमा २०० जना, अप्रिलमा २१८ जनालाई डेंगु भएको छ भने मे महिनामा २५८ जनालाई डेंगु सङ्क्रमण भएको छ । जुलाई महिनामा ७१ जनामा डेंगु पुष्टि भएको छ । 

गत वर्ष सन् २०२३ को जनवरीमा १३३ जनालाई डेंगु सङ्क्रमण भएको थियो । फेब्रुअरीमा १३० जना, मार्चमा १९५, अप्रिलमा १५८, मे महिनामा १६३ जनामा डेंगु भएको छ ।

जुनमा १ हजार २६ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो । त्यसबेला यो महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । ‘गत वर्ष जुलाईमा ६ हजार ४५९ जनामा डेंगु सङ्क्रमण भएको थियो भने ४ महिना सङ्क्रमणको जोखिम उच्च नै थियो’ महाशाखाले भनेको छ । 

प्रतिक्रिया