मुख्य समाचार
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो | रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता |

मनोरञ्जन १६ कार्तिक २०७९
फागुनमा १० फिल्म रिलिजको तयारी

ओमकार टाइम्स

पछिल्लो समय रिलिज भएका फिल्म ‘२ नम्बरी’, ‘के घर के डेरा’ ले राम्रो व्यवसाय गर्न सफल भएको छ । गत शुक्रबार रिलिज भएको ‘महापुरुष’ ले पनि अहिले राम्रो व्यवसाय गरिरहेको छ ।  सायद, त्यसैले होला फिल्म रिलिजको लागि केको हतारो भन्दै आएका फिल्मका निर्माता पनि आफ्नो फिल्मको रिलिज मिति धमाधम सार्वजनिक गरिरहेका छन् ।

अहिले सार्वजनिक फिल्मको रिलिज मितिअनुसार अन्य महिनाभन्दा फागुन भिडमभिड देखिने भएको छ । फागुनका लागि भन्दै अहिलेसम्म ९ फिल्मले प्रदर्शन मिति तोकेका छन् । फागुन महिनामा केही सार्वजनिक विदा समेत पर्ने भएकोले धेरै फिल्मले रिलिज मिति तोकेका छन् ।

अहिलेसम्म फिल्मका सार्वजनिक भएका रिलिज मितिअनुसार फागुनको पहिलो साता अर्थात् ५ गते शुक्रबार ३ फिल्म आउने भएका छन् । ती फिल्म हुन् ‘फूलबारी’, ‘लण्डन टु पेरिस’ र ‘परदेशी २’ । यी तीन फिल्म एक अर्काेसँग प्रतिस्पर्धा गर्दै प्रदर्शनमा आउन लागेका हुन् । 

‘फूलबारी’ रामबाबु गुरुङको निर्देशन रहेको फिल्म हो । फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको अभिनय रहेको छ । त्यस्तै ‘लण्डन टू पेरिस’ घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म हो । फिल्ममा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको मुख्य भुमिका छ ।

‘परदेशी २’ नारायण रायमाझीको  निर्देशन गरेको फिल्म हो । फिल्ममा केकी अधिकारी, प्रकाश सपुत, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया लगायतको अभिनय छ । 

यस्तै फागुन १२ गते अहिलेसम्म सरोज खनालको, निर्देशन रहेको फिल्म ‘बगान’ एकल मिति तोकेको छ । फिल्ममा वसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ लगायतको अभिनय छ ।

फागुणको १९ भने ५ फिल्म भिड्ने भएका छन् । जसमा निगम श्रेष्ठको ‘छड्के २’, हेमराज वीसीको ‘छक्का पन्जा ४’, मिलन चाम्सको ‘वर एन्ड बधु’को अलवा ‘बुलाकी’, ‘परस्त्री’ र ‘गुलाबी’ पनि रहेको छ ।

‘छड्के २’ ग्याङस्टारको कथामा बनेको अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल, रेशा आलेमगर लगायतको अभिनय रहेको फिल्म हो । यस्तै ‘छक्का पन्जा ४’ फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्य लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

फिल्म ‘वर एन्ड बधु’, ‘बुलाकी’, ‘परस्त्री’ र ‘गुलाबी’ मा अहिलेका चलेका कलाकारको अभिनय रहेको छ । 

प्रतिक्रिया