राजनीति ६ मंसिर २०७९
काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे

ओमकार टाइम्स

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।

सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले हराएका हुन् । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमा चित्त बुझाए ।

सिंहले ०७४ मा पनि मिश्रलाई ८१८ मतान्तरले हराएका थिए ।  मिश्र त्यसबेला विवेकशील साझाका उम्मेदवार थिए ।सिंह यो क्षेत्रबाट चौथोपटक सांसद बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार