मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

समाचार २६ जेठ २०८१
नरेन्द्र मोदीले गर्दैछन् विदेश मन्त्रालयमा व्यापक फेरबदल

ओमकार टाइम्स

भारतीय जनता पार्टी नेतृत्वको एनडीए सरकारले कूटनीति क्षेत्रमा ठुलो हेरफेर ल्याउँदैछ । नरेन्द्र मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिँदैछन् । त्यसअघि नै उनले नयाँ सरकारले के–के गर्ने भन्ने तयारी थालिसकेका छन् । त्यसको सुरुवात मोदीले विदेश नीतिबाट गरेका छन् ।

मोदीले भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्रालाई अमेरिकाको राजदूत बनाएर पठाउँदैछन् भने क्वात्राको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्का उप सल्लाहकार विक्रम मिश्रीलाई ल्याउँदैछन् । गत मार्चमा क्वात्राको म्याद ६ महिनाका लागि थपिएको थियो । नेपालका लागि भारतको राजदूत समेत रहिसकेका क्वात्रा नेपालबाट फर्किएपछि सचिव भएका थिए ।

सचिवबाट अवकाश हुन लाग्दा उनको म्याद ६ महिनाका लागि थपिएको छ । अहिले उनलाई अमेरिकामा राजदूतको रूपमा पठाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत जनवरीमा अमेरिकाका लागि भारतीय राजदूत तरनजित सन्धुले अवकाश पाएपछि सो पद अहिले खाली छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि भारतको स्थायी प्रतिनिधिको पद पनि खाली छ । रुचिरा कम्बोजको अवकाशसँगै रिक्त रहेको सो पदमा नेपालका लागि भारतीय राजदूत रहेका नविन श्रीवास्तवको नाम पनि चर्चामा छ ।  श्रीवास्तवसँगै जर्मनीका लागि वर्तमान भारतीय राजदूत पार्वथनेनी हरिश बीएन रेड्डी र बिक्रम दोराइ स्वामीको नाम पनि सो पदका लागि चर्चामा छ ।

विदेश सचिव बन्न लागेका मिश्री भारतीय विदेश सेवामा १९८९ प्रवेश गरेका थिए । उनले नरेन्द्र मोदीसहित तीन जना प्रधानमन्त्रीको निजी सचिवको रूपमा काम गरिसकेका छन् । सन् २०२२ मा राष्ट्रिय सुरक्षा परिषद्मा नियुक्त हुनुअघि उनी चीनका राजदूत थिए ।

चीनमा हासिल गरेको विशेषज्ञता र सोही आधारमा भारतको प्रमुख विदेश नीति बनेकाले प्रधानमन्त्री मोदीको विशेष पहलमा उनलाई विदेश सचिव बनाउन लागिएको जानकारहरू बताउँछन् ।

 मिश्रीले नेतृत्व गर्दै आएको राष्ट्रिय सुरक्षा परिषद्को उपसल्लाहकारमा फ्रान्सका लागि भारतीय राजदूत जावेद अशरफलाई ल्याउने तयारी छ ।  असरफसँग मनमोहन सिंह र नरेन्द्र मोदी दुवैको नेतृत्वमा प्रधानमन्त्रीको कार्यालयमा सहसचिवको रूपमा काम गरिसकेको अनुभव छ । उनको यसैवर्ष सेप्टेम्बरमा सकिँदै गरेको कार्यकाल एक वर्ष थपिएको छ । 

सन् २०१९ को जुलाईदेखि इजरायलका लागि भारतीय राजदूत रहेका सञ्जीव सिंगलालाई भने फ्रान्स पठाउने तयारी छ । उनले पनि यसअघि प्रधानमन्त्री मोदीको निजी सचिवको रूपमा काम गरिसकेका छन् । 

प्रतिक्रिया