अपराध २९ जेठ २०८१
विदेश पठाउने बहानामा ठगी गर्ने गिरोह पक्राउ

रेखा चौहान

दमक / वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।   चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिकलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो । उनिहरूले  विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको प्रहरीले बताएकाे छ । 

फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ । उनीहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि प्रहरीले जनाएकाे छ । 




प्रतिक्रिया

सम्बन्धित समाचार