मुख्य समाचार
प्रभु बैंकमा अर्बौं घोटाला गरेको आरोपमा सीईओ अशोक शेरचनविरुद्ध सीआईबीमा उजुरी | गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक |

समाचार ६ असार २०८१
कवाडी व्यवसायीलाई सांसद सिंहले भने- फोहोर काठमाडौं महानगर र बालेनको घरअगाडि थुपारौं

ओमकार टाइम्स

प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरूलाई फोहोर काठमाडौं महानगरको कार्यालय र मेयर बालेन शाहको घरअघि थुपार्न आग्रह गरेका छन्।

महानगरका मेयरले केही समयअगाडि सडक विभागमा फोहोर थुपारेको भन्दै उनले कवाडी व्यवसायीलाई महानगर र मेयरको घरअगाडि फोहोर थुपार्न भनेका हुन्।

‘बालेनजी, यहीँको मेयरले सिकाएको छ, काम भएन भने त्यही फोहोर थुपार्ने हो। उहाँले नै सडक विभागअघि फोहोर थुपारेको छ,’ बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु- सबै फोहोर महानगरपालिका र बालेन शाहको घरअगाडि थुपारौं, त्यसका लागि हामी साथमा छौं।’

मेयरले सिकाएअनुसार नै यस्तो काम गर्नुपर्ने उनले बताए। ‘अस्ति भर्खर सडक विभागअगाडि उहाँले दुई टिपर फोहोर थुपार्नुभएको थियो,’ उनले भने, ‘जस्तालाई तस्तै गर्ने हो।’

कवाडी व्यवसायीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको र ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताए। घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि सरकारसँग उनले माग गरेका छन्।

कवाडीले काठमाडौं महानगरभित्र व्यापार गर्न नपाएको र अदालतको आदेश पनि महानगरले नमानेको सिंहको भनाइ छ। 

कवाडी व्यवसायीमाथि भएको बल प्रयोगबारे उनले गृहमन्त्री रवि लामिछानेको जबाफ पनि माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार