मुख्य समाचार
विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती | आज काठमाडौँ जिल्ला अदालतमा छविलाल जोशीलाई उपस्थित गराइने | सुनको मुल्यमा सामान्य गिरावट | सुन्दरहरैँचामा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु |

समाचार १६ मंसिर २०८०
काठमाडौँ महानगरपालिकाले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने

रासस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ । कामपाले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा महानगरस्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजन गर्न लागेको हो ।

यही मङ्सिर २७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख ५० हजारका साथै शिल्डमा चाँदीको ठुलो बाँसुरी प्रदान गरिने कामपाको स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिए । दोस्रो हुनेलाई रु एक लाख नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोलाई रु ५० हजार नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी हुन कामपाको सम्पदा तथा पर्यटन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । “इच्छुक समूहले फारामा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने ठुलो (घोर), मध्यम (माझवाल), सानो बाँसुरी (तिप), स्केलसहितको विवरण भर्नुपर्नेछ”, मुनिकारले भने, “दर्ता फाराममा टोल, गुथी वा सङ्घसंस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मङ्सिर २० गतेभित्र विभागमा पठाउनुपर्ने छ ।”   

मुनिकारका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा आठ जनाले बाँसुरीमात्र वादन गर्नुपर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्ने उनले बताए। यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्ने उनले जानकारी दिए । 

यस्तै, दुई जनाले नेवार समुदायमा बजाइने धातुबाट बनेका बाजा सहायक बाजाका रूपमा बजाउन पाउने मुनिकारले बताए । “प्रतियोगीले पाँचवटा धुन छानेर पठाउनु पर्नेछ । जसमध्ये दुईवटा धुन प्रतियोगितामा बजाउनुपर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ भने दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ”, उनले भने । 

एउटा धुन पाँच मिनेटभित्र सक्नु पर्ने भन्दै मुनिकारले चार मिनेटमा सङ्केत बज्ने जानकारी दिए । यदि छोटा धुन भए दुईवटासम्म मिलाएर बजाउन पाइन्छ । जसका लागि गीत नेपाल भाषाकै हुनुपर्छ । 

कार्यक्रममा सहभागी सबैलाई प्रोत्साहनस्वरुप रु १० हजार नगद र प्रमाण दिने कामपाको तयारी छ ।  कामपाले यस वर्ष स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजना छनोट गरेको छ । जसका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको छ 

प्रतिक्रिया