खेल अन्तर्राष्ट्रिय १७ मंसिर २०७९
बंगलादेश एकदिवसीय सिरिजबाट शमी बाहिर

ओमकार टाइम्स

भारत–बंगलादेश एकदिवसीय सिरिजका लागि तयार गरिएको भारतीय टोलीका खेलाडीको सूचीमा बलर मोहम्मद शमीको नाम समावेश छैन । उनको स्थानमा उमरान मलिकलाई समावेश गरिएको छ ।

भारतीय टोलीका तिब्र गतिका बलर मोहम्मद शामी काँधको चोटका कारण सिरिजबाट बाहिर रहेका छन् । बीसीसीआईले अष्ट्रेलियामा भएको टी–२० विश्वकपपछि अभ्यास सुरु गरेपछि मोहम्मद शामीलाई काँधमा चोट लागेको जानकारी दिएको छ । उनलाई एनसीएमा रिपोर्ट गर्न भनिएको छ र आगामी तीन खेलको भारत-बंगलादेश शृंखलाको हिस्सा नहुने जानकारी दिइएको छ।

उता भारतीय टोली एकदिवसीय सिरिजअघि बंगलादेश पुगेको छ । भारतीय टोलीमा परेका खेलाडीहरु– रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शिखर धवन, विराट कोहली, रजत पाटीदार, श्रेयस अय्यर, राहुल त्रिपाठी, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर) ), शहबाज अहमद, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, उमरान मलिक, मोहम्मद सिराज, दीपक चाहर, कुलदीप सेन।


प्रतिक्रिया

सम्बन्धित समाचार