सुन-चाँदी ६ पौष २०७९
तोलामा ८ सयले बढ्यो सुनको मूल्य

ओमकार टाइम्स

नेपाली बजारमा मंगलबारको तुलनामा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ पुगेको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया