समाचार १४ चैत्र २०७९
उर्लाबारीका वडा अध्यक्षले कुटाइ खाएपछि नेपाली कांग्रेसले निकाल्यो चेतावनी सहितको विज्ञप्ति

ओमकार टाइम्स

उर्लाबारी । नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले उर्लाबारी वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य चिन्तामणि पौडेलमाथि आज बिहान पहिचानबादिले गरेको आक्रमण बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले एक बिज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा आन्दोलनकारीको नामबाट  अराजक गतिविधि गर्दै कुटपिट भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

कोशी प्रदेशको बिरोधमा आन्दोलनरत कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका पहिचानबादिहरुले तालाबन्दी गर्ने क्रममा तालबन्दी गर्ने क्रममा  पौड्यालमाथि कुटपिट गरेका थिए । 

कार्यबाहक सभापति राजन रायमाझीद्वारा जारि बिज्ञप्तिमा भनिएको छ, शान्तिपूर्णरुपमा आन्दोलन गर्ने सम्बैधानिक अधिकार हुँदा हुदै जनप्रतिनिधि माथि आफ्नै कार्यकक्षमा कुटपिट हुनु निन्दनीय र दण्डनिय रहेको भन्ने हाम्रो मान्यता रहेको छ। कुटपिटमा सम्लङ्न व्यक्तिहरुमाथि तुरुन्त छानबिन गरि कडा कानुनी कारबाहि गरियोस भनि सम्बन्धित निकाय सङ्ग जाेडदार माग गर्दछौ। अन्यथा, शान्ति सुरक्षा र अमनचयनका लागि आन्दोलनका नाम हुने अराजक गतिविधिहरुको कडा प्रतिबाद गर्न बाध्य हुनेछौ। 

घटना केहो? 

वडाध्यक्ष को हो भन्दै आफूमाथि हातपात भएको वडाअध्यक्ष चिन्तामणि पौडेलले बताए । उनले भने,'म कार्यालयको अर्को ढोका बन्द गरेर निस्किरहेको थिएँ । एउटा हुल मानिस आएर वडाध्यक्ष को हो भनेँ । मैले म हुँ भन्दा सिधै अन्धाधुन्ध कुटपिट गरेँ ।'

उनका अनुसार पथरी शनिश्चरे नगरपालिका-२ का मनोज लिम्बू भन्ने व्यक्तिलगायतले आफूमाथि आक्रमण गरेको बताए ।

वडाध्यक्ष पौड्यालले आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाही माग गर्दै उर्लाबारी प्रहरीमा उजुरी दिएका छन्। पथरीशनिश्चरेका मनोज लिम्बूसहितले कुटपिट गरेको उजुरी प्रहरीमा दर्ता भएको छ। 

आन्दोलनकारीहरुले विराटनगरमा भएको झडपपछि उपचारका क्रममा ज्यान गुमााएका पदम लिम्बू 'लाजेहाङ'लाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनःनामकरण गर्नुपर्ने लगायत मागसहित स्थानीय तहमा तालाबन्दी गरेका छन्।

यस्तै संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यसअघि नै गरेको थियो। संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन्।

यस्तै, कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। आन्दोलनकारीहरुले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी  गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए ।

प्रतिक्रिया