मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

खेल २१ मंसिर २०८१
बोपाराको अर्धशतकमा चितवनले कर्णालीविरूद्ध जोड्यो १३० रन

ओमकार टाइम्स

नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार दिनको पहिलो खेलमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १३० रन जोड्यो।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे।

बोपारा र कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। कुशलले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्न सके। 

त्यसअघि चितवनले पावर प्लेमा आफ्नो तीन विकेट गुमाएको थियो। ओपनर लुक बेन्केस्टाइनलाई पहिलो ओभरको पाँचौ बलमा कर्णालीका कप्तान सोमपाल कामीले शून्यमा बोल्ड गरे। 

अर्का ओपनर दीपक बोहरा चौथो ओभरमा नन्दन यादवको बलमा देव खनालबाट ८ रनमै क्याच भए। पावरप्लेको अन्तिम ओभरमा विपिन रावल ११ रनमा जिशन मक्सुदबाट बोल्ड भए। 

१७औं ओभरमा विपिन शर्माको एलबिडब्लूको धरापमा पर्नुअघि लोफ्टी इटनले ९ रन जोडे। दुई बलपछि विपिनले सोहेल तन्विरलाई शून्यमा बोल्ड गरेका थिए। विपिनले अमरसिंह रटेउलालाई पनि १९औं ९ रनमा बोल्ड गरेका थिए। शरद भेषावकर ६ रनमा नटआउट रहे।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए। उनले चार ओभरमा २१ रन खर्चिए। जिशन मक्सुदले दुई विकेट लिन सफल भए। उनले  चार ओभरमा २२ रन दिए। कप्तान सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।

प्रतियोगितामा चितवनले यसअघिका दुवै खेल जित्दा कर्णाली दुवै खेलमा पराजित भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार