नेपाल प्रेसकर्मी राजाराम न्यौपाने आर्थिक पत्रकार संघ (नाफिज)को सदस्यमा निर्वाचित भएका छन् । संघको बुधबार काठमाडौंमा सम्पन्न छैटौ महासभाबाट नेपाल प्रेस डटकमको आर्थिक विटमा कार्यरत सम्वाददाता न्यौपाने कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।अध्यक्ष, उपाध्यक्ष र ४ जना सदस्य निर्विरोध चयन हुन नसकेपछि भएको निर्वाचनमा न्यौपाने ४८ मत प्राप्त गर्दै निर्वाचित भएका हुनु । उनी नेपाल प्रेस डटकममा स्थापनाकालदेखि कार्यरत रहेका छन् । संघका अध्यक्षमा सर्वाधिक मत प्राप्त गर्दै मोदनाथ ढकाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा ९२ मत प्राप्त गर्दै मेनुका कार्की र ८२ मत प्राप्त गर्दै प्रमेश्वर अधिकारी निर्वाचित भएका छन् । अध्यक्ष ढकाल द राइजिङ नेपालमा, कार्की हाम्रो अर्थ डटकम र अधिकारी नोटबजार डटकममा कार्यरत छन् ।
>
सदस्यमा न्यौपानेसँगै अरु ३ जना सदस्यमा सर्वाधिक ७५ मत प्राप्त गर्दै निकेश खत्री, ७१ मत प्राप्त गर्दै विजय पराजुली, ६७ मत प्राप्त गर्दै सविना कार्की निर्वाचित भएका छन् । खत्री रातोपाटी डटकममा, पराजुली अनलाइनखवर डटकम र कार्की सेतोपाटी डटकममा कार्यरत रहेका छन् ।>
संघमा ३ जना पदाधिकारी भने निर्विरोध चयन भएका छन् । जसमा महासचिवमा नवीन ढुंगाना, सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की चयन भएका छन् । ढुंगाना अनलाइनखवर डटकम, भट्ट, नेपाल खवर डटकम र कार्की सिंहदरबार डटकममा कार्यरत छन् । नाफिजको बिधान अनुसार कार्यसमितिको कार्यकाल दुईको हुनेछ ।>
१० सदस्यीय कार्यसमितिमा ३० प्रतिशत अर्थात २ जना मात्रै महिला निर्वाचित भएका छन् । समावेशी सिद्धान्त अनुसार सवै संरचनामा ३३ प्रतिशत महिला अनिवार्य समावेश गर्नुपर्ने व्यस्था भए पनि नाफिजमा भने उक्त सिद्धान्तलाई पालना नगरिएको पाइएको छ ।>
यसै १० सदस्यीय र्कासमितिमा सबै जना खस आर्यबाट मात्रै निर्वाचित भएका छन् । नाफिजले समावेशी सिद्धान्त अनुसार विधानमा व्यवस्था नगरिएका कारण शत प्रतिशत खस आर्यबाट निर्वाचित भएका छन् । कार्यसमितिमा आदिवासी जनजाती, मधेशी, दलित, थारु र मुस्लिमको संख्या शून्य भएको छ ।>
यद्यपी विधानले केन्द्रीय कार्यसमितिको सल्लाहमा अध्यक्षले महासभाका सदस्य मध्येबाट सामान्यतया राज्यद्धारा आरक्षण दिइउका समूह महिला, आदिवासी जनजाती, दलित, मधेशी, सीमान्तकृत समदुाय एवम् विभिन्न सञ्चारमाध्यमको विधागत समोवेशी प्रतिनिध्त्वि हुने गरी २ जनालाई सदस्यमा मनोनित गर्न पाउने व्यवस्था छ ।>
जसमध्ये एक जना सदस्यमा निवर्तमान अध्यक्ष स्वतः मनोनित हुने हुनेछ । निवर्तमान नरहँदाको हकमा भने अध्यक्षले केन्द्रीय कार्यसमितिको सल्लाहमा अर्को कुनै महासभा सदस्यलाई मनोनित गर्नसक्नेछ । तर, २ जना सदस्यको मनोनयन गर्दा उम्मेदवार भई पराजित भएकालाई मनोनयन गर्न नपाइने व्यवस्था छ ।>
>>