मुख्य समाचार
रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दर्ता | महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु |

मनोरञ्जन २४ जेठ २०८१
'मोदीबेनी' ले फिल्मको कथामा आधारित रहेर ल्यायो फर्स्टलुक पोस्टर

ओमकार टाइम्स

अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठलाई प्रस्तुत गर्दै फिल्म 'मोदीबेनी' का दुई पोस्टर सार्वजनिक गरिएको छ।  एउटामा वर्षालाई रहस्यमय अवतारमा देखाइएको छ। उनी कुनै पहाडी इलाकामा उभिएकी छन्। 

अर्को पोस्टरमा यसै फिल्मबाट डेब्यु गरेका अमरलाई 'एंग्री योङ म्यान' को रूपमा देखाइएको छ। उनी पनि कुनै पहाडी इलाकामा हातमा बाँसको लट्ठी समाएर रिसाहा भावमा उभिएका छन्। 

फिल्ममा अमर र वर्षाले जोडीको रूपमा अभिनय गरे पनि पोस्टर भने अलग-अलग सार्वजनिक गरिएको हो। 

'मोदीबेनी' का निर्देशक शंकर कोइरालाले फिल्मको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए। उनले अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको जानकारी दिए। 

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए। 

सार्वजनिक पोस्टरलाई रोयल भीमसेनले डिजाइन गरेका हुन्। 

फिल्ममा अमर र वर्षासहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ। 

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। 

उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन रहेको फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यकाबाहिर वितरण गर्नेछन्। 

फिल्म साउन १८ गते रिलिज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार