मंगलबार नेप्से परिसूचक ८.१५ अंकले बढेको छ।
आज नेप्से ०.३८ प्रतिशतले बढेर २१७३.२५ बिन्दुमा पुगेर बन्द भएको छ।>
मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ।>
गत कारोबार दिन अर्थात् सोमबार ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँमा सीमित भएको छ। >
यस दिन २४८ वटा धितोपत्रको ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको हो।>
मंगलबार सानिमा जिआइसी इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४४४ रुपैयाँ ६० पैसा पुगेको छ। >
>
यस्तै, सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य ९.७७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार रुपैयाँ कायम भएको छ।>
यस दिन सर्वाधिक मूल्य घट्नेमा मैलुङ खोला जलविद्युत रहेको छ। >
उक्त कम्पनीको सेयर मूल्य ५.४८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०९ रुपैयाँमा झरेको छ।>
यस्तै, एनएमबी हाइब्रिड फण्ड एल–१ को इकाइ मूल्य ५.२४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ ७७ पैसा कायम भएको छ।>
मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल दूर सञ्चार कम्पनीको भएको छ। >
यस दिन उक्त कम्पनीको ८८९ रुपैयाँमा १२ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४९ प्रतिशत बढेको हो।>
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिव श्री हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको २७८ रुपैयाँमा १० करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।>
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ।>
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.८८ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको हो।