मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

अन्तर्राष्ट्रिय २ असोज २०८०
हराइरहेको १० करोड डलर पर्ने अमेरिकी लडाकु विमानको भग्नावशेष भेटियो

एजेन्सी

वासिङ्टन डिसी । दक्षिण क्यारोलाइनामा उडान भरिरहेको बेला पाइलटले ‘इजेक्ट’ गरेपछि हराइरहेको एफ–३५ लडाकु विमानको भग्नावशेष फेला परेको अमेरिकी सैन्य अधिकारीहरूले जानकारी दिएका छन् । आइतबार साँझदेखि हराइरहेको १० करोड डलर पर्ने विमानको भग्नावशेष ग्रामीण विलियम्सबर्ग काउन्टीमा फेला परेको हो ।

विमानका पाइलट भने ककपिटबाट इजेक्ट गरेर प्यारासुटको मद्दतले उत्तरी चार्लेस्टनमा सुरक्षितरुपमा अवतरण गरेका थिए । उनलाई अस्पताल लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ । तर, विमान भने फेला नपरेपछि सेनाले सर्वसाधारणलाई समेत विमानको खोजी गर्नका लागि आग्रह गरेको थियो । 

सोमबार एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूले चार्लेस्टनमा रहेको संयुक्त बेसभन्दा दुई घण्टा टाढा उत्तर–पूर्वमा विमानको भग्नावशेष फेला परेको बताएका छन् । मरिन कोर्प्सले दुर्घटना के कारणले भयो भन्ने विषयमा छानबिन भइरहेकाले थप बताउन नसक्ने जानकारी दिएको छ । 

पाइलटले विमान छाड्दा त्यो अटोपाइलटमा रहेका कारण विमानले केही समय आफै उडान भरेको थियो । यसले गर्दा विमानको खोजीमा समस्या देखिएको थियो । एफबी लाइटनिङ टू मरिन फाइटर विमान मरिन फ्याइटर अट्याक ट्रेनिङ स्क्वार्डन ५०१ सँग रहेको थियो । यसलाई पाइलटहरूलाई प्रशिक्षण गराउन प्रयोग गरिने अमेरिकी मिडियाहरूले जनाएका छन् ।

प्रतिक्रिया