मुख्य समाचार
प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती | आज काठमाडौँ जिल्ला अदालतमा छविलाल जोशीलाई उपस्थित गराइने | सुनको मुल्यमा सामान्य गिरावट |

समाचार १४ मंसिर २०८०
राष्ट्रपति पौडेलले स्वर्गीय दाहालका परिवारलाई पठाए समवेदना

ओमकार टाइम्स

झापा  । राष्ट्रपति रामचन्द्र  पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उनकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उनको झापास्थित निवासमा पुगेर हस्तान्तरण गरे ।

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक पटक सहभागि भएर जेलनेल र यातना भोग्नुभएका पूर्णनन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णनन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’ 

राष्ट्रपति पौडेलले पंचायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालिन अवस्थामा दमक हाइस्कूलका प्रधानाध्यापक रहेका पूर्णनन्द शर्माले गरेको सहयोगको स्मरण पनि गरे । 

झापाको कमल गाउँपालिका वडा नं. ६ मा स्थायी रूपमा बस्दै आएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा उनी पक्राउ परेर ५ वर्षभन्दा बढी जेलमा बसेका थिए । शर्मा पञ्चायत कालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक बन्दी जीवन विताएका थिए ।

प्रतिक्रिया