मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

१६ माघ २०७९
शंकर पोखरेल भन्छन् : कांग्रेसले राष्ट्रपति दाबी गर्न मिल्दैन, प्रचण्डको भूमिकाप्रति आशंका छैन

ओमकार टाइम्स

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नपोली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो पोजिसन कुन हो भनेर प्रस्ट पार्नुपर्ने बताए ।

‘अहिले कांग्रेस न सत्ता पक्ष, न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला ऊ सचिन्नुपर्छ ।’ नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु दुःखद् रहेको महासचिव पोख्रेलको भनाइ छ ।

राष्ट्रपति चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहार नकारात्मक नरहेको दाबी समेत उनले गरे । प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको उनको तर्क छ । ‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ ।’ अस्थिरता निम्त्याउनका लागि कांग्रेसले प्रयास गरे पनि त्यो सफल नहुने उनले बताए ।

रवि लामिछानेलाई गृहमन्त्री बनाउन एमाले अध्यक्षले दबाब दिनुभएको हो रु भन्ने प्रश्नमा महासचिव पोखरेलले त्यस्तो कुनै दबाब नदिएको जिकिर गरे ।गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल भएर मात्रै टुंगोमा पुगिने उनले बताए । उनले रवि लामिछानेको मुद्दाको फैसलाप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । न्यायालयको भूमिका निष्पक्ष नदेखिएको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार