खेल १६ जेठ २०८०
क्यासिनोको वार्षिक रोयल्टी मात्र ५ करोड

ओमकार टाइम्स

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरेर क्यासिनोलाई डेढ करोड रोयल्टी तोकेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत इजाजत पत्र प्राप्त व्यक्ती वा संस्थाले क्यासिनो सञ्चालनबापत डेढ करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था भएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत समेत क्यासिनोलाई यही दरको रोयल्टी ल्याएको थियो । जुन, आगामी आर्थिक वर्षलाई समेत कायम रहेको हो ।

यस्तै, आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खोलको लागि वार्षिक डेढ करोड ५० लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, प्रयोजनको लागि एउटा इजाजतपत्रबाट एक स्थानमा मात्र त्यस्तो खेल सञ्चालन गर्न पाइने व्यवस्था समेत गरिएको छ ।

रोयल्टी रकम सम्बन्धित क्यासिनो सञ्चालन गर्न इजाजतपत्रप्राप्त व्यक्ती वा संस्थाले पुस मसान्तभित्र ४० प्रतिशत, चैत मसान्त भित्र ७० प्रतिशत र बाँकी रकम असार मसान्तभित्र दाखिल गर्नुपर्ने छ । रोयल्टी बुझाउनुपर्ने समय नाघेको ३ महिनासम्मको लागि रोयल्टी १५ प्रतिशतका दरले थप शुल्क र सो अवधिपछिको बाँकी ३० प्रतिशतका दरले वार्षिक शुल्क थप हुने व्यवस्था छ ।







प्रतिक्रिया

सम्बन्धित समाचार