मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समूहको अन्तिम खेलमा भिड्नुअघि बेचैन जर्मनी र बेल्जियम, चार खेलमा ८ टोलीको सम्भावना

ओमकार टाइम्स

दोहा। कतारमा जारी विश्वकपअन्तर्गत बिहीबार समूह ई र एफका अन्तिम खेलहरु हुँदैछन्। राती पौने ९ बजे सुरु हुने समूह एफको खेलमा बेल्जियमले क्रोएसिया र क्यानडाले मोरक्कोसँग खेल्दै छ।पौने १ बजे सुरु हुने समूह ईको खेलमा स्पेनले जापान तथा जर्मनीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्ने छ। समूह ईमा २ खेलपछि स्पेनको ४ तथा कोस्टारिका र जापानको तीन तीन अंक छ। जर्मनीले एक अंक मात्र जोडेको छ। यो समूहमा चारवटै टोलीको अगाडि बढ्न सक्ने गणितिय सम्भावना छ।

जापानसँग कम्तिमा बराबरी खेलेपनि स्पेन अगाडि बढ्ने छ। त्यो नतिजामा जापानको पनि अगाडि बढ्न सक्ने सम्भावना रहन्छ। स्पेनलाई पराजित गरेको अवस्थामा जापान पनि अगाडि बढ्ने छ। तर स्पेनसँग बराबरी खेलेको अवस्थामा जर्मनी र कोस्टारिकाबीच हुने खेलको नतिजा कुर्नुपर्ने छ।

जर्मनीले कोस्टारिकालाई पराजित गरेको अवस्थामा छनोट हुने अवस्था पनि आउन सक्छ त्यसका लागि स्पेनले जापानलाई हराउनुपर्ने छ। यस्तै जापान र स्पेनबीच हुने खेल बराबरी भएमा र जर्मनीले कोस्टारिकालाई हराउन सकेको अवस्थामा पनि अगाडि बढ्ने सम्भावना रहन्छ। यस्ता कोस्टारिकाले जर्मनीलाई हराउन सके नकआउट चरणमा स्थान बनाउने छ भने बराबरी खेलेको अवस्थामा पनि अगाडि बढ्ने सम्भावना रहन्छ।

चारपटकको विजेता जर्मनी ८० वर्षपछि पहिलोपटक गत संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो। जर्मनी लगातार पहिलो चरणबाटै बाहिरिने संकटमा छ। पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनी दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकिएको थियो।

यता समूह एफमा २ खेलपछि मोरक्को र क्रोएसियाको समान ४ अंक रहेको छ। बेल्जियमको ३ अंक रहेको छ। मोरक्को बराबरी खेलेको अवस्थामा पनि अगाडि बढ्ने छ। मोरक्को यसअघि सन् १९८६ को विश्वकपमा मात्र नकआउट चरणमा पुगेको थियो।

जारी प्रतियोगितामा क्यानडाले अंक जोड्न नसकेको र आफुले अघिल्लो खेलमा बेल्जियमलाई हराएकाले मोरक्को उच्च मनोबलमा देखिन्छ। क्रोएसियाविरुद्ध हुने खेलमा तुलानात्मकरुपमा बढी दबाबमा बेल्जियम छ। क्रोएसिया बराबरी खेलेपनि अगाडी बढ्ने छ भने बेल्जियमलाई बाहिरिन पनि सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार