मनोरञ्जन १६ कार्तिक २०८०
१३ अर्ब रुपैयाँले बढ्यो शाहरुख खानको सम्पत्ति, विश्वकै चौथो धनी अभिनेता

ओमकार टाइम्स

मुम्बई । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् ।

कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् । शाहरुख खानभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन् । यो वर्ष शाहरुखका २ फिल्म आएको थियो, पठान र जवान यी दुई फिल्मले २१ अर्ब ९६ करोड भारु  कमाएका थिए ।

खानको जीवनमा कुनै समय यस्तो थियो कि गरिबीका कारण गैरकानूनी तवरले मट्टीतेल समेत बेचे । नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिरहेको बेलामा उनले कयौँ टिभी शोमा काम गरे । खान आफैं पनि आफूलाई हिरो बन्न लायक सम्झदैंन थे । खानले सन् १९९२ मा दिवानाबाट बलिउड डेब्यू गरेका थिए । खानको बोल्ने शैली देखेर हेमा मालिनीले समेत एउटा फिल्ममा खानलाई रिजेक्ट गरेकी थिइन् ।





प्रतिक्रिया

सम्बन्धित समाचार